CG Electronics
IME Life
NIMB

ओली र प्रचण्डको कठालो समातेर घिसार्न नेकपाका नेता यसरी जुर्मुराए,सेखी झार्न चल्यो हस्ताक्षर अभियान

NIMB
Himalayan Bank

काठमाडौ ।  मंसीर पहिलो साताभित्रपनि पार्टी केन्द्रीय सचिवालय र स्थायी समितिको बैठक नबोलाए ‘फोर्सफुल मिटिङ’ राख्ने तयारी सत्तारुढ नेकपाका नेताहरुले गरेका छन्।


पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले ढिलाई गरे बैठकका लागि हस्ताक्षर अभियानमार्फत् बैठक माग गर्ने असन्तुष्ट नेताहरुको योजना बनाएका हुन्।

सरकारका काम कार्वाही र पार्टी एकताका विषयमा छलफल गर्न पार्टी स्थायी समितिको बैठकका लागि हस्ताक्षर अभियान नै सञ्चालन गर्ने योजना उनीहरुले बनाएका हुन्।

ओली नेतृत्वमा सरकार गठन भएको एक बर्ष बितिसकेपनि सरकारका काम कार्वाही जनअपेक्षा अनुरुपका छैनन्, तर आलोचना चाहिँ पार्टीका नेता कार्यकर्ताले बेहोर्नु परिरहेको छ।

यसैगरी पार्टी एकता भएको पनि ६ महिना बितिसकेको छ। तर, केन्द्रमा बाहेक प्रदेश, जिल्ला र स्थानीय तह, जनबर्गीय संगठन, मोर्चा र विभागहरुमा एकता हुन सकेको छैन।

एकता प्रक्रिया टुङ्गिएपनि केन्द्रीय कमिटी र स्थायी समितिका सदस्यहरुको जिम्मेवारी समेत तोकिएको छैन। पार्टी विधानमा व्यवस्था भएको पोलिटब्यूरो पनि बन्न सकेको छैन।

यी सबै बिषयमा केन्द्रीय सचिवालयले कार्ययोजना पेश गर्ने र स्थायी समितिले पारित गर्नुपर्ने हुन्छ। तर, पार्टी एकता दुई पटक बाहेक केन्द्रीय सचिवालयको बैठक बसेको छैन।

मिति समेत तय भइसकेको स्थायी समितिको बैठक पटक पटक रोकिँदै आएको छ। १३–१४ कार्तिकका लागि स्थायी समितिको बैठक बोलाइएको थियो।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको ओलीको स्वास्थ्य स्थितिलाई बहाना बनाउँदै रोकियो। त्यसयता स्थायी समिति त परै जाओस्, केन्द्रीय सचिवालयको बैठक समेत बोलाइएको छैन।

‘सरकारको काम कार्वाहीप्रति जनता सन्तुष्ट छैनन् भन्ने कुरा प्रधानमन्त्री ओलीले महसुस नै गरेका छैनन्’ नेकपाका एक नेताले भने, ‘पार्टीको भविष्यप्रति पनि उनी गम्भीर छैनन्।’

‘पार्टीको बैठक गरेपनि हुन्छ, नगरेपनि हुन्छ भन्ने ओलीको मनसाय देखिन्छ’ नाम उल्लेख गर्न नचाहने ती नेताले भने, ‘यसको भुक्तमान पार्टीका अन्य नेता कार्यकर्ताले भोग्नु परेको छ।’

‘दुई अध्यक्षसहित पार्टीका ९ शीर्ष नेता रहेको केन्द्रीय सचिवालयको बैठक त ओलीले डाक्न चाहेका छैनन् भने स्थायी समितिको बैठक त परको कुरा भयो’ उनले भने, ‘हामीले पहल नलिने हो भने छिट्टै बैठक नबस्न सक्छ।’

बैठकका लागि पार्टीका बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठहरुले पहल गरिरहेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि छिट्टै बैठकको पक्षमा छन्।

तर, बैठकको पक्षमा नरहेका ओलीका अगाडि प्रचण्डपनि केही गर्न सक्ने स्थितिमा छैनन्। यही कुरा बुझेर असन्तुष्ट नेताहरुले नेपाल, खनाल र श्रेष्ठलाई अघि सारेका हुन्।

बैठक छिटो बोलाउन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई सन्देश पुर्‍याएका नेताहरुले तत्काल बैठक नबोलाएर अर्काे हप्तादेखि हस्ताक्षर अभियान सञ्चालन गर्नेछन्।

‘सचिवालय बैठक डाकेर स्थायी समिति बैठकको मिति तोकिएन भने बैठकका लागि लिखित प्रस्ताव दर्ता हुन्छ’ ती नेताले भने, ‘यस्तो स्थिति आउनु भनेको निकै अप्रिय हो।’

बैठकका लागि हस्ताक्षर अभियान नै सञ्चालन गर्दा त्यसले पार्टीभित्र ध्रुवीकरण निम्त्याउनेछ, स्थायी कमिटीका नेताहरु ओली–प्रचण्डको पक्ष–विपक्षमा उभिनु पर्ने स्थिति सिर्जना हुनेछ।

स्रोतका भनाईमा, केन्द्रीय सचिवालयमा बहुमत नपुगेपनि स्थायी समितिमा छिटो बैठक बोलाउनु पर्ने पक्षको बहुमत छ। १२ असोजमा नेता नेपालले बोलाएको चियापानमा पनि बहुमत स्थायी समिति सदस्य उपस्थित भएका थिए।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...