CG Electronics
Ncell NPL
NIMB

जेल भित्रै जुवाको खाल,जुवा खेलेरै यसरी मासिक ४ लाख कमाउछन् कैदी,ओली सरकार बन्यो रमिते

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ ।  सिन्धुपाल्चोक कारागारका चौकीदार गणेश लामिछानेले कैदीहरूलाई शोषण गरेर र जुवातास खेलाएरै मासिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको स्रोतले जानकारी दिएको छ।

कारागारको मेस समेत चलाएका चौकीदार लामिछानेले एउटा अन्डाको एक सय रुपैयाँसम्म लिने गरेका छन्। कारागारमा निषेध गरिएका सबै प्रकारका रक्सी ९मादपकपदार्थ० लामिछानेले उपलब्ध गराउने गरेका छन्। कारागार प्रशासन र प्रहरीसँग सेटिङ मिलाएर भित्र्याइएको एक क्वाटर भोड्का ९रक्सी०को उनले २ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेको स्रोतले जानकारी दियो।

त्यसैगरी, कैदीको रासनमा समेत घोटाला गरेर उनले मासिक ४ लाख रुपैयाँ रकम कमाउँदै आएका छन्। जसमध्ये एक लाख रुपैयाँ आफ्ना सहयोगीलाई बाँड्ने र बाँकी रकम आफूले राख्ने गरेको स्रोतले जानकारी दियो।

कारागारको भित्री प्रशासनको सम्पूर्ण जिम्मेवारी सम्हालेका उनीविरुद्ध कुनै कैदी बन्दीले बोल्न सक्ने हिम्मत समेत गरेका छैनन्। उनी विरुद्ध कसैले बोलेमा कोठामा थुनेर समेत कुट्ने गरेको तथ्य नेपाल लाइभले फेला पारेको छ।

एक जना पीडित पूर्व कैदी भन्छन्, ‘कारागारमा राणाशासन छ। चौकीदार लामिछानेविरुद्ध कसैले बोल्न समेत सक्दैनन्।’ चौकीदार लामिछानेको शोषण बारेको जानकारी कारागार विभागमा समेत पुगिसकेको छ। विभागले अनुसन्धान गरेर कारबाही गर्ने आश्वासन दिएको छ।

चौकीदार गणेश लामिछानेलाई मूल नाइके भोला कार्कीले गर्दै आएका छन्। सिन्धुपाल्चोक जिल्ला साविकको भोटेचौर गाविस(४ का लामिछाने बलात्कार गरी हत्या गरेको आरोपमा जेल परेका व्यक्ति हुन्। भोजपुर घर भएका मूल नाइके कार्की ठगी र कीर्ते मुद्दामा जेल परेका व्यक्ति हुन्।

चौकीदार गणेश लामिछाने, मूल नाइके भोला कार्की र भारतीय कैदी सुनील सिंहले कारागार भित्रै दुई(दुई वटा मोबाइल चलाउँदै आएका छन्।

उनीहरूका यी मोबाइल व्यक्तिगत प्रयोगका लागि मात्रै होइन, आम्दानीको मुख्य स्रोत पनि बनेको छ। सिन्धुपाल्चोक कारागारका कैदीलाई मोबाइलबाट भिडियो च्याट गराइदिँदै पैसा असुल्ने गरेका छन्।

आँखा खुल्यो, कारबाही गर्छौ स् जेलर आचार्य
सिन्धुपाल्चोकको जेल जुवा अखडा बनेको समाचार शनिबार नेपाल लाइभले प्रकाशन गरेपछि छानबिन गरेर कारबाही गर्ने सिन्धुपाल्चोक कारागारले जनाएको छ।

कारागारका जेलर यादव आचार्यले गल्ती भएको स्वीकार्दै छानबिन गरेर कारबाही गर्न प्रक्रिया अघि बढाइसकेको नेपाल लाइभलाई जानकारी दिए।

समाजलाई पाच्य नहुने जुवा(तास कारागारमा रहेका प्रहरी, कारागारका कर्मचारीकै सेटिङमा सिन्धुपाल्चोकको कारागारमा हुँदै आएको थियो। यसमा कारागार प्रशासनकै गम्भीर लापरबाही भएको देखिएको थियो।

जेलर आचार्य हप्ताको १५ दिनमा एक दिन कार्यालय पुग्ने र हाजिर गरेर हिँड्ने गरेका कारण कारागारका नासु नवराज सेन र प्रहरीको सेटिङमा चौकीदार तथा नाइकेहरू मिलेर कारागारमा जुवातास खेलाउने गरेका थिए।

तर आचार्यले आफूलाई राजनीतिक वार्ता समितिमा समेत राखेकाले कहिलेकाँही मात्रै कार्यालय जाने पाइने अवस्था रहेको बताए।

कायम(मुकायम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग राम्रो सम्बन्ध भएकाले जेलर आचार्यले कारागार नै नगई लापरबाही गर्ने गरेका हुन्।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...