‘‘महाकवि विद्यापति’’ टेलिश्रृखंला मा सहभागी कलाकार सहितक व्यक्तित्वहरुलाई विशेष सम्मान
Friday Nov 23, 2018
वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०५:४१

निरंजन साह,जनकपुरधाम । महाकवि विद्यापति स्मृति दिवस समारोह–२०७५’ मिथफिल मिडिया काठमाण्डौद्वारा मिथिलानगरी जनकपुरधाम मा कारियक्रम सम्पन्न भएको छ।
प्रदेश नम्बर दुईका प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यमा एवम् प्रदेश नम्बर दुई का भौत्तिक पुर्वाधार राज्यमन्त्री डा.डिम्पल झाको विशेष आतिथ्यमा सम्मपन्न गरियका छन ।
मिथफिल मिडियाका सञ्चालक व्यवस्थापक अशोक चौधरीको सभापतित्वमा भएको कार्यक्रममा दुईदशक पूर्व निर्माण–प्रदर्शन भएको इतिहासिक कथावस्तुमा केन्द्रित मिथिलाका आदिकविकोकिल विद्यापतिको जीवनीमा आधारित टेलिश्रृखंला ‘‘महाकवि विद्यापति’’ मा सहभागी कलाकार सहितक व्यक्तित्वहरुलाई विशेष सम्मान गरिए को हो ।
‘‘ आफ्नोक्षेत्रका विभिन्नक्षेत्रमा कार्यगरेका तथा गरिरहेका सुर्जनात्मक ब्यक्तित्वहरुको बारेमा वर्तमान पुस्ताले थाह पाउनु पर्छ । तर, कसरी थाह पाउने भन्नेकुरा लीपिबद्ध नै नरहेका अवस्थाछ । अब यसकार्यमा प्रदेश सरकारले पक्कै ध्यान दिनेछन ।’’ प्रमुख अतिथिको आशनबाट प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन ।
वैदिक र ऋषि–मुनीहरुको परम्परामा भए गरेका थेरैथोक कार्यहरु बिट्रिशहरुको शासनकाल आरम्भ भएपछि मेटिने काम भएको छ । उनीहरुले फलानोले यो बनाए चिलानोले त्यो बनाए भनेर आफ्नो अनुकूलको इतिहास मात्र राखे ररहन दिए ।
हाम्रो मिथिला मधेशको गणितको कस्तो थियो मैले पढन पाएको छैन । समबोधन क्रममा प्रदेशप्रमुख कायस्थले भने । उनले नेपालका शासकवर्गलेपनि बिट्रिशशैली नै अपनाएर देशका मधेशक्षेत्रका इतिहासलाई अक्षरशः हुन नदिएकोले दुविधा र असुविधाहरु अहिले भइ रहेको छ ।

जब कि यस पवित्र मिथिला भूमिमा जैन तिर्थकर भए, चारवटा मिमांशा दर्शन शास्त्रहरुको रचना ऋषिमुनीहरुले यसै स्थानमा रहेर बसेर गरें । यी सबैलाई खोजी र अनुसंधान थाल्नु पर्छ १ उनले आफ्नो सम्बोधनमा बताएका छन ।
भौत्तिक पुर्वाधार राज्यमन्त्री डा।डिम्पल झा ‘कला संस्कृतिको उत्थानमा सिनेमाक्षेत्रको राम्रो स्कोप रहेकाले यसको विकासकालागि हामि प्रदेशस्तरबाट निर्माण कार्य थाल्छौं र सिनेमा बनाउनेहरुलाई प्रदेश सरकारले सघाउंछौं’ भन्ने कुरा बताइन ।
९फोटोद्द०
अन्तर राष्ट्रिय मैथिली परिषद्का उपाध्यक्ष बरिष्ठपत्रकार एवं प्रेसस्वतन्तत्रा सेनानी राजेश्वर नेपालीले ‘‘विद्यापतिकै गुणगान गरेर संस्कृतिको विकास अब नहुने बताए । मैथिलीभाषा, साहित्य र संस्कृतिको जीवन्तताकालागि ग्रासरुटबाट काम गर्नुपर्ने समय छ’’ भनि बताए ।
साहित्यकार सर्जक कलाकारहरुको बृत्तिव्यवस्थापन नगर्दा र राज्यसिनेहबाट सदैव उपेक्षित रहंदै आएकाले पनि मैथिली सहितका देशमा बोलिने नेपाली बाहेक धेरै भाषाभाषिको उपेक्षा लोकतन्त्रमा पनि भइनै रहेको छ । उनले विद्यापतिको गीत गायर नहुने यतिका जनकपुरधाममा पसलहरु छन् ती मध्ये पाँचबटा पसलमापनि मैथिली भाषा लीपीअंकित बोर्ड हामिले भुण्याउन सकेका छैनौ । मात्र मुखले भनेर, भाषण गरेर र भाषा संस्कृतिको राग अलापेर अवसरको लाभ लिन पछि नपर्नेले भाषा संस्कृतिको संरक्षण र प्रवध्र्दन नहुने कुराको ठोकुवा गर्दैं बरिष्ठपत्रकार नेपालीले तर्क राखेका छन ।
पूर्व नगरप्रमुख किशोरी साहले विद्यापतिकालिन समाज र अहिलेको समाजमा धेरै भिन्नता छ । हामि बिगतलाई जारी सम्झन छौं त्सरी नै वर्तमानका श्रष्टा,कलाकारहरुलाई स्मरणमा राख्नु पर्दछ अनिमात्र हामि हाम्रो पुर्खामाथि गर्वगर्न लायकका हुने छौ, भनि जारीका छन ।
उपेन्द्रभगत नागवंशीदरवारा सञ्चालित समारोहमा मैथिली फिल्म महाकवि विद्यापति बनाउने प्रेरक व्यक्ति र बनाउने क्रममा भोगेका समस्यहरुको बारेमा शब्द चित्रण मिथिफिल मिडियाका सञ्चालक अशोक चौधरीले व्यक्त गरें । डा। रेवती रमण लालले कथा सम्वाद लेखन गर्दा जनकपुरधामका नाम चलेका साहित्यकार विद्वानहरुले व्यंग्य गरेर खिल्ली उडाउन कार्य गरेका थिए आज त्यस्ता व्यंग्यक् िगर्ने व्यक्ति आफै् लज्जित बनेका छन छन भनि खुलस्त विचार व्यक्त लेखक लालले गरेंका थिए ।
अबिर टीका र माला लगाएर प्रशंसा–पत्र,पाग–टोपी,
दोसल्ला–चादर प्रदानगरी सम्मान प्रमुख अतिथिले गर्नु भयो । महाकवि विद्यापति फिल्ममा आधासयजति कलाकार विभिन्न भूमिकामा सामेल रहेका मध्ये कार्यक्रमा सहभागी २५ जना लाइ सम्मानित भएको छ ।
फिल्मका लेखक डा. रेवतीरमण लाल,विद्यापतिका राजपुरोहितको रुपमा अभिनय गरेका पत्रकार–कलाकार उपेन्द्रभगत नागवंशी, विद्यापतिका साथी र उगना महादेवको भूमिकामा अभिनयकर्ता क्रमशः प्रदिप शर्मा तिवारी, बिजयकान्त ठाकुर,अयाची मिश्रको भूमिकामा अभिनयकर्ता, रमण पाण्डे, फिल्मा आठबटा गीतमा संगीत दिएका संगीतकार निखिलकुमार विश्वास, कन्दर्पनारायणलाल कर्ण, सुनिता झा, अमितेश शाह,संसद सरस्वति चौधरी, शिशु विद्यापतिको रुपमा अभिनय गरेका गुणेन्द्रभगत नागवंशीलाई विशेष रुपमा सम्मान गरेका छन ।
यसका अतिरिक्त अन्य पात्रहरुमा कार्य सहयोग गरेका पूर्वसंसद महेन्द्रकुमार मिश्र,बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष दिगम्बर राय,रमेश चौधरी‘पशुपति’, कामोद झा, भागवत झा, दिगम्बर झा, श्रीमति मिना चौधरी, सरोजलाल कर्ण, इन्दुकुमारी बर्मा, प्रद्युमनलाल कर्ण, अमृता चौधरीलाई सम्मान गरियो । गायक डा।आभाष लाभर सिनेकर्मी कलाकार अमितेश शाह सहितको सम्मानित भएका छन।






















