राप्रपा नेपालले प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलन जनकपुरमा
Wednesday Dec 05, 2018
वि.सं.२०७५ मंसिर १९ बुधवार १०:२६
निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुईको जनकपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) ले प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलन गर्ने भएको छ ।
आजबाट सुरु हुने कार्यक्रमको उद्घाटन् सो पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले गरेको छ।भने यससंगै प्रदेश कार्यालय समेत उद्घाटन गरेका हुन ।
देशव्यापीरुपमै हिन्दु राज्यका लागि अभियान सञ्चालन गर्दै आएको सो पार्टीले जनकपुरमा प्रदेश स्तरीय कार्यक्रम गर्न लागेका छन ।
सातवटै प्रदेशमध्ये प्रदेश नम्बर दुईबाटनै प्रदेश सम्मेलनबाट आउँदो फागुन ७ गते देखि हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलन गर्नको लागि तयारी गर्न लागेको राप्रपा नेपालका एक नेता ले जानकारी दिएका छन । प्रदेश नम्बर दुईबाटै ८ वटै जिल्लाका अध्यक्ष एवं प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि र वडा प्रतिनिधी लगायत ३ सय २५ जना सहभागि हुनेछन् ।
आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनमा संगठन निर्माण तथा विस्तार, परिचालन, हिन्दु राष्ट्र पुनःस्र्थापनाका लागि जागरण अभियान, भष्टाचारविरुद्ध देशव्यापी अभियान, धर्म परिवर्तनको विरुद्धमा कडा संघर्ष र राष्ट्रिय स्वाभिमान यात्रा लगायतका विषयमा छलफल गरी फागुन ७ गतेदेखि आन्दोलन थाल्ने राप्रपा नेपालका एक नेताले जानकारी दिएका छन ।
























