CG Electronics
IME Life
NIMB

एघार नेपाली ९ महिनादेखि साउदीमा अलपत्र, दलाल भन्छन्– पीडितका आफन्तले नाटक बढी गरे ईश्वर अर्याल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । वैदेशिक रोजगारीका लागि करीब ९ महिनाअघि साउदी अरेबिया पुगेका ११ जना युवा बिचल्लीमा परेका छन् ।

क्याटरिङ र पेट्रोलपम्पमा काम गर्न भनेर गएका सोलुखुम्बुका मानबहादुर खड्का, चन्द्रप्रसाद हिङमाङ, गणेश हिङमाङ, टंक कार्की, सन्तोषकुमार बस्नेत, नारायणप्रसाद गिरी खोटाङका राजन राई, प्रेमचन्द्र तामाङ, सूर्यबहादुर बम्जन, सूर्यबहादुर तामाङ र हेटौडाका साङ्गे ब्लोन तामाङ भनेजस्तो काम र पारिश्रमिक नपाउँदा बिचल्लीमा परेका हुन् ।

 

गत फागुन १ गते र चैत्र ३ गते नेपालबाट ‘तीनजुरे म्यानपावर’ र ‘इम्पावर म्यानपावर’ले ३८ नेपाली युवालाई वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पठाएको थियो ।

अधिकांशलाई क्याटरिङमा काम दिलाउने शर्त सहित पठाइएको थियो । तर ६ महिनासम्म पनि भनेअनुसार काम नपाएपपछि पीडित बनेका युवाका नेपालमा रहेका आफन्तहरूले वैदेशिक रोजगार विभागको चक्कर लगाउने शुरू गरे । कयौं चरण म्यानपावरका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच बसेर पीडितहरूलाई नेपाल झिकाउने या साउदीमै राम्रो काम दिलाउने सहमति भयो ।

ती मध्ये कोही नेपाल फर्के, कोही जाँदा लागेको ऋण तिर्ने आशामा अर्को काम गर्न थाले तर अझै पनि भने अनुसार तलब सुविधा पाएनन् । तीमध्ये माथि उल्लेखित ११ जनालाई अझै पनि साउदीमा गैरकानूनी रूपमा बन्धक जस्तै बनाएर राखिएको छ । कम्पनीले दिनुपर्ने सुविधा केही नपाएको, त्यहाँको सरकारले कामदारको परिचयपत्रको रूपमा दिने कार्ड (अकामा) र स्वास्थ्य परिचयपत्र नदिइएको गणेश हिङमाङका दाइ रणबहादुर नेपालीले बताए ।

वैदेशिक रोजगार विभागको परिसरमा भेटिएका पीडितका आफन्तहरूका अनुसार उनीहरूले म्यानपावर कम्पनीलाई १ लाख २५ हजारदेखि १ लाख ८० हजारसम्म बुझाएर साउदी गएका थिए । पैसा बुझ्ने इम्पावर म्यानपावरका प्रतिनिधि तारामणि राई र उडाउने तिनजुरे म्यानपावरका बबिन राई रहेको पीडितका आफन्तले लोकान्तरलाई बताए ।

साउदी लगिएपछि काम र सेवा सुविधा नपाएर अलपत्र परेका पीडीतहरूलाई तत्काल काम दिलाउनका लागि गत भाद्र २५ गते साउदी अरबस्थित ‘सोनमार कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ’ कम्पनी र नेपालस्थित ‘तीनजुरे इम्प्लोयमेन्ट सर्भिसेज प्रालि’बीच समझदारी भएको बताइयो । पीडितलाई तत्काल काम दिलाउने, तलबका रूपमा १ हजार रियल र खानाका लागि २०० रियल प्रतिमहिना उपलब्ध गराउने, बस्ने व्यवस्था र यातायातको सुविधा कम्पनीले उपलब्ध गराउनुपर्ने, कामदार काममा संलग्न भएको एक हप्ता भित्रमा काम गरेको बाँकी अवधिको वर्कसिट अनुसारको पारिश्रमिक भुक्तानी दिने र काम नगरेको अवधिको पनि कबोल गरिएको आधारभूत तलब भुक्तानी गर्ने लगायतका विषयमा सहमति भएको थियो । तर उक्त सहमति हालसम्म पनि कार्यान्वयन भएको छैन ।

पीडीतका आफन्तहरू यतिबेला कहिले परराष्ट्र मन्त्रालय, कहिले श्रम मन्त्रालय र कहिले कन्सुलर सेवा विभाग धाइरहेका छन् । साउदी अरबमा फसेको यतिका समयसम्म पनि पीडितहरूले न्याय नपाएको गुनासो गर्दै आफन्तहरू श्रममन्त्री गोकर्ण विष्टसम्म पनि पुगेको र आश्वासन मात्र पाएको गुनासो गर्छन् ।

पीडितका आफन्तले वैदेशिक रोजगार विभागमा निवेदन दिएपछि सोमबार म्यानपावरका प्रतिनिधि बबिन राईलाई उपस्थित गराइएको थियो । लोकान्तर टीमले राईसँग यही विषयमा कुरा गर्न खोज्दा राईले शुरूमा केही बोल्न नचाहेको भन्दै लामो समयसम्म चुप रहे ।

तर बारम्बारको अनुरोधपछि राई केही बोल्न त तयार भए तर पीडितका आफन्तहरूलाई दोष लगाउन शुरू गरे । ‘यहाँ हल्ला चलेअनुसार केही भएको होइन । कामदारहरूले अस्थायी परिचयपत्र पाइसकेका छन् र स्थायी परिचयपत्रका लागि अझै केही दिन लाग्न सक्छ,’ राई भन्छन्, ‘उनीहरूले खान, बस्न र तलब पाइरहेका छन्, यहाँ नाटक बढी भइरहेको छ । तर पीडितका आफन्तहरू राईको यो कुरा मान्न तयार छैनन् ।

यस विषयमा वैदेशिक रोजगार विभागका अधिकृत हरिप्रसाद ज्ञवालीले आफूलाई केही जानकारी नभएको बताए । ज्ञवाली आफू नयाँ भएको र फाइल आफ्नो हातमा नपरेसम्म केही भन्न नसक्ने बताउँदै गर्दा पीडितका आफन्तहरू अचम्मित भएका थिए ।

छलफलपछि पुनः अर्को कागज गरिएको छ । सोमवार वैदेशिक रोजगार विभागमा गरिएको नयाँ सहमतिअनुसार पीडितहरूको सम्पूर्ण समस्या आगामी डिसेम्बर १० तारिखसम्म गरिने उल्लेख छ ।

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...