२२ वर्षपछि बोनस बाँड्दै नेपाल बैंक
Thursday Jan 03, 2019
वि.सं.२०७५ पुस १९ बिहीवार ०३:१८

काठमाडौं : नेपालकै जेठो बैंक नेपाल बैंकले २२ वर्षपछि आफ्ना लगानीकर्तालाई बोनस बाँड्ने भएको छ। बैंकले विभिन्न कारणले बोनस बाड्न सकिरहेको थिएन। सेयरधनीलाई बोनस बाँड्ने तयारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले बताए।बैंकले लामो समयदेखि लगानीमात्रै गरेर बसेका सेयर धनीलाई बोनस दिने तयारी गरेको हो।
के कति बोनस दिने भन्ने कुरा भने अहिले निर्णय नभएको उनले बताए। नेपाल बैंकमा ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत आम सर्वसाधारणको सेयर रहेको छ।
























