लुम्विनी विकास कोषलाई एभरेष्ट बैंकले कुर्सी हस्तान्तरण
Friday Jan 04, 2019
वि.सं.२०७५ पुस २० शुक्रवार ०३:१२

२०७५ पौष २० काठमाडौं । एभरेष्ट बैंकद्वारा लुम्विनी विश्व सम्पदा क्षेत्रमा अवस्थित मायादेवी मन्दिर परिसर तथा यस परिसरका अन्य ठाउँमा पर्यटकको थकान मेटाउनका लागि २० थान बस्ने कुर्सी लुम्विनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा कार्यक्रमका प्रमुख अतिथि भेनेरेबल मित्तीया शाक्यपुत्त लाई कुर्सी हस्तान्तरण गरेका छन्र ।
उक्त कार्यक्रममा लुम्विनी विकास कोषका कोषाध्क्षय सुरेन्द्र मुनिशाक्य, परियोजना प्रबन्धक सरोज भट्टराई, बोर्ड सदस्य अमारिका कोहर लगायत लुम्विनी विकास कोषका वरिष्ठ पदाधिकारीहरु, विभिन्न गुम्बाका पदाधिकारीहरु,, स्थानीय व्यापारीहरु, होटल व्यवसायहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
एभरेष्ट बैंकले आफ्ना १० लाखभन्दा ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत आन्तिरिक तथा बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको छ ।
























