ग्लोबल आइएमई बैंक र काठमाण्डाैं भ्याली हस्पिटलबीच १५ प्रतिशत छुट सम्झौता
Friday Jan 04, 2019
वि.सं.२०७५ पुस २० शुक्रवार ०३:३५

२०७५ पौष २०काठमाडाैं । ग्लोबल आइएमई बैंक र काठमाण्डाैं भ्याली हस्पिटलबीच १५ प्रतिशत छुट सम्झौता भएकाे छ ।
ग्लोबल आइएमई बैंक र काठमाण्डौ भ्याली हस्पिटलबीच गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।
उक्त सम्झौतापत्रमा काठमाण्डौ भ्याली हस्पिटलका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात काठमाण्डौ भ्याली हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५प्रतिशत सम्म छुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्यारउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११५ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
























