धादिङमा बरामद सुनका मालिक खोज्दै प्रदेश प्रहरी,४ किलो सुन बेबारिसे
Friday Jan 04, 2019
वि.सं.२०७५ पुस २० शुक्रवार ०६:२०
प्रदेश-३ का प्रहरी प्रमुख डिआइजी दीपककुमार थापाले बिहीबार राति धादिङमा बरामद चार किलो सुनका मालिकको खोजी भइरहेको बताएका छन्।
ति साढे १० बजे धादिङको गजुरीबाट प्रदेश-३ प्रहरीको विशेष टोलीले अवैध सुनसहित नुवाकाेटका दुई र रसुवाका एक युवकलाई पक्राउ गरेकाे छ।

प्रहरीले रसुवाको उत्तरगया गाउँपालिका-२ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका-५ का २४ वर्षीय विकास र साेही ठाउँका २२ वर्षीय सुरेन्द्र तामाङलाई पक्राउ गरेकाे हाे।
प्रहरीका अनुसार चीनको केरुङ हुँदै रसुवागढीबाट सुन लिएर उनीहरू बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२-००३ प २५४० नम्बरका मोटरसाइकलमा धादिङको गल्छीबाट गजुरीतर्फ जाँदै थिए।
डिआइजी थापाले भने, ‘उनीहरूले कसका लागि सुन ल्याएका हुन्, पठाउने काे हो, खोजबिन गर्दैछौं।‘
























