CG Electronics
IME Life
NIMB

टेलिकममा अधिकारी, अर्याल र आचार्यको नाम सिफारिस, को होलान एमडी ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं पौष २० ।  नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनौट समितिले बिहीबार साँझ तीन जनाको नाम सिफासिर गरेको हो। सिफारिस भएकामध्ये अधिकारी, अर्याल र आचार्य तीनै जना नेपाल टेलिकम सम्बद्ध व्यक्ति हुन्।

डिल्ली अधिकारी र संगीता अर्याल टेलिकममै दशौं तहमा कार्यरत व्यवस्थापक हुन्। अधिकारी अहिले प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रुपमा कार्यरत छन् भने अर्याल ब्याकबोन डिपार्टमेन्टमा कार्यरत छिन्। यसअघि ब्याकबोन डिपार्टमेन्टमै काम गरेका अधिकारी भने गत भदौदेखि प्रबन्ध निर्देशकको कार्यलयमा सरुवा भएका हुन्।

बुद्धिप्रसाद आचार्य भने यसअघि नेपाल टेलिकमको प्रबन्ध निर्देशक भइसकेका व्यक्ति हुन्। चार्टर्ड एकाउन्टेन आचार्यले केही समय टेलिकमको कम्पनी सचिवको रुपमा पनि काम गरेका थिए। सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्री परिषदले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्छ।

गत कात्तिक दोस्रो साता भएको अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनको सम्मेलनमा भाग लिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा नेतृत्वको भ्रमण दलमा सहभागी भई संयुक्त अरब इमिरेट्स (दुबई) को भ्रमणमा गएदेखि नै नेपाल टेलिकमभित्र डिल्लीराम अधिकारीलाई टेलिकमका भावी प्रबन्ध निर्देशकको रुपमा अथ्र्याउन थालिएको थियो।

टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो। छनौट समितिले ८ जनाको नाम मात्रै संक्षिप्त सुचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको लागि बोलाएको थियो।

गत सोमबार डा. विमल आचार्य, बुद्धिप्रसाद आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला र संगीता पहाडी अर्यालले छनौट समिति समक्ष व्यवसायीक कार्ययोजना प्रस्तुत गरेका थिए।

त्यसैगरी, मंगलबार डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्यायले व्यवसायीक कार्ययोजना प्रस्तुत गरेका थिए। आवेदन गरेका मध्ये अनिलकुमार झा र रामदेव यादवलाई संक्षिप्त सूचीमा समावेश गरिएको थिएन्।

कुल १५ अर्ब चुक्ता पुँजी भएको नेपाल टेलिकमको मोबाइल र आधारभूत टेलिफोन सेवा गरेर दुई करोड भन्दा बढी प्रयोगकर्ता रहेका छन्।

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...