NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले यसरी गरे ४७ अर्ब लगानी

NIMB
leapmotornepal (citroen)


सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले करिब साढे ४७ अर्ब लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जाअन्तर्गत ४७ अर्ब ३१ करोड ४१ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा कूल २० हजार ८६९ जनाले बैंक तथा वित्तीय संस्थाहरुबाट यस्ताे कर्जा लिएका छन् ।

सहुलियतपूर्ण कर्जामा सबैभन्दा धेरै वाणिज्य बैंकहरुले लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले मात्रै २० हजार १३७ ऋणीलाई ४४ अर्ब ६० करोड ४ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । सहुलियतपूर्ण कर्जाको अधिकांश रकम कृषि क्षेत्रमा प्रवाह भएपछि गत महिना राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै अनिवार्य जारी गर्नु पर्ने कर्जाको संख्या तोकेको थियो ।

जस अनुसार चालू आव भित्र कृषि बाहेकका क्षेत्रमा वाणिज्य बैंकले ५ सय, विकास बैंकले २ सय र फाइनान्स कम्पनीले १ सय वटा कर्जा जारी गर्नुपर्नेछ । यस्तै ‘ख’ वर्गका विकास बैंकहरुले सहुलियतपूर्ण कर्जाअन्तर्गत २ अर्ब ५४ करोड ४९ लाख ३७ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन् । विकास बैंकबाट ७१६ जनाले सहुलियतपूर्ण ऋण लिएका छन् । कात्तिक मसान्तसम्ममा १६ जनाले फाइनान्स कम्पनीहरुबाट १६ करोड ८७ लाख ९३ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् ।

सहुलियतपूर्ण कर्जाको ९७ प्रतिशत रकम कृषिमा सहुलियत कर्जा लिने कूल २० हजार ८६९ मध्ये ९० प्रतिशत अर्थात् १८ हजार ७४३ जनाले कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा लिएका छन् । यो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ४५ अर्ब ९३ करोड ५१ लाख २९ हजार रुपैयाँ लगानी गरेका छन् । यो कूल कर्जा लगानी रकमको ९७ प्रतिशत हो । कात्तिकसम्ममा २ हजार १२६ जनाले अन्य विभिन्न शीर्षकमा १ अर्ब ३७ करोड ९० लाख ५७ हजार सहुलियत कर्जा लिएका छन् । जसमा १ हजार ६७५ जनाले महिला उद्यमशीलता कर्जा अन्तर्गत १ अर्ब १५ करोड ७७ लाख ८५ हजार ऋण लिएका छन् ।

३८ जनाले शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत २ करोड १५ लाख ५० हजार, ८७ जनाले विदेशबाट फर्केका युवा परियोजना अन्तर्गत ६ करोड ७० लाख ७१ हजार रुपैयाँ कर्जा लिएका छन् । यस्तै, ६० जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा अन्तर्गत २ करोड १७ लाख ९४ हजार, ११७ जनाले दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत ६ करोड ९८ लाख ७०हजार र १३९ जनाले भूकम्पपीडितका लागि निजी आवास कर्जा ४ करोड ९ लाख ८७ हजार कर्जा लिएका छन् । सहुलियतपूर्ण कर्जाको अधिकांश रकम कृषि क्षेत्रमा मात्र प्रवाह भएपछि गत महिना राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै अनिवार्य जारी गर्नु पर्ने कर्जाको संख्या तोकेको थियो । नयाँ निर्देशन अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षभित्र कम्तीमा पनि ५ सयवटा यस्ता कर्जा प्रवाह गर्नु पर्नेछ ।

त्यस्तै, ‘ख’ वर्गका विकास बैंकहरूले कम्तीमा २ सयवटा र ‘ग’ वर्गका वित्त कम्पनीहरूले कम्तीमा १ सय यस्तो कर्जा जारी गरेको हुनुपर्छ ।यसरी जारी गर्ने कर्जा सहुलियत कर्जाअन्तर्गतको कृषि तथा पशुपक्षी कर्जाबाहेक अन्य शीर्षकमा जारी गर्नुपर्नेछ । यसरी जारी गर्ने कर्जा सहुलियत कर्जाअन्तर्गतको कृषि तथा पशुपक्षी कर्जाबाहेक अन्य शीर्षकमा जारी गर्नुपर्नेछ । कुन-कुन शीर्षकमा लिन पाइन्छ सहुलियतपूर्ण कर्जा सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बनाई ब्याज अनुदान सहित विभिन्न ७ शीर्षकका सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको थियो । कार्यविधि संशोधन गरी हाल ९ शीर्षकमा कर्जा लिन पाइने व्यवस्था गरेको छ ।

ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ । हालै राष्ट्र बैंकले कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको हो ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...