CG Electronics
Ncell NPL
NIMB

हिमालयन बैंकमा लफडै लफडा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौँ, ७६ माघ १।नियामक निकाय नेपाल राष्ट्र बैंक कतिसम्म कमजोर हुँदै गइरहेको छ भन्ने एउटा गतिलो उदाहरण हो यो । पटक पटक नेपाल राष्ट्र बैंकले निर्देशन दिँदा समेत बैंकहरुले अटेर गर्ने गरेको भेटिएको छ । तर त्यस्ता बैंकका सञ्चालक र सिइओहरु उपर नेपाल राष्ट्र बैंकले गतिलो एक्सन लिन नसक्दा ती बैकका सञ्चालक समितिदेखि सिइओहरुसम्मको मनोबल बढ्दै गइरहेको छ । यस्को एउटा उदाहरण हो हिमालयन बैंक । कमलादीमा केन्द्रीय कार्यालय रहेको यो बैंकका विरुद्ध एक पछि अर्काे उजुरी नेपाल राष्ट्र बैंकमा थुप्रिरहेको छ ।

तर ती उजुरी त्यतै थन्किदा र नियामक निकायले गतिलो ढंगले एक्सन लिन नसक्दा बैंकको साधरणसभा अनिश्चित बन्न पुगेका छ । एकातिर लामो समयदेखि बैंकको सञ्चालक समितिमा बसेर तर मार्दै आएका मनोजबहादुर श्रेष्ठ र प्रचण्ड श्रेष्ठको निदहराम भएको छ । यी दुईबिरुद्ध अहिले नेपाल राष्ट्र बैंकमा एक पछि अर्काे उजुरी थुप्रनेक्रम बढ्दो छ । त्यहाँ दर्ज भएको उजुरीमा यी दाजुभाइका कारण बैकको साधरणसभालाई अनिर्णयको बन्दी बनाइएको उल्लेख छ । उनीहरुको स्वार्थ अनुसार बैंक नचलेको भन्दै साधरणसभालाई पर धकेलिएको हो ।

यस अघि नै नेपाल राष्ट्र बैंकले दिएको समय सिमाभित्र बैंकले बार्षिक साधारणसभा बोलाउन नसकेको भन्दै बैंककै अर्काे समुहले नेपाल राष्ट बैंक गुहार्न पुगेको थियो । यस अघि नै परेको उजुरीको आधारमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले बैंकको संचालक समितिलाई पुस ७ गते ७ बुँदे निर्देशन दिएको थियो । तर त्यो निर्देशन समेत बैंकले लत्याएको हो । बैंकका अध्यक्ष रहेका मनोज बहादुर क्षेष्ठ र प्रमुख कार्यकारी अधिकृत तथा नेपालका पहिलो बैंकर हिमालयशमशेर राणाका पुत्र आशोक राणा बीचको लफडामा हिमालयन बैंक फसिरहेको छ । यी दुईले एकले अर्काेलाई असफल पार्न कम्मर कस्सेर लागि परेका छन् ।

खल्तीबाटै अध्यक्ष चुनिन थालेपछि नेपाल राष्ट्र बैंकले यस अघि नै एक्सन लिएको थियो र राष्ट बैंकले निर्वाचनद्धारा नै संचालकको चयन गर्ने निर्दैशन दिएको भए पछि हिमालयनले नियामक निकाय राष्ट बैंकलाई अटेर गरेको हो । बैंकको विवाद यो नयाँ भने होइन यस्तो विवाद शुरु भएको एक दशक व्यतित हुन लाग्यो ।

बैंक तथा वित्तीय सँस्था सम्बन्धी ऐन, वाफियामा आएसँगै संचालक समितिको संख्या घटाएर ७ जनामा खुम्च्यायो । एक पछि अर्काे उजुरी निकायमक निकायमा पर्न थालेसँगै बैंकको साधरणसभा समेत अनिश्चित बन्न पुगेको छ ।यस अघि नै नेपाल राष्ट्र बैंकले ७ बुंदे निर्देशन दिएको हो । उस्ले बैंकमा हाल कायम संस्थापक तर्फको ८५ प्रतिशत सेयर हिस्सालाई ७० प्रतिशतमा झार्नुपर्ने, संचालकको चयन निर्वाचन मार्फत गरिनुपर्ने, धेरै लघुवित्तको सेयर रोक्न नपाइने लगायतका सात बुँदे शर्त तेर्साएको थियो ।

राष्ट बैंकले निर्देशन दिएको तीन साता बित्दा समेत हिमालयनले टेर पुच्छर लगाएको छैन् । यो बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, कर्मचारी सञ्चयकोषको १४ प्रतिशत, मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी प्रालिको १२।७१ प्रतिशत, खेतान समूहको म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत तथा राणा समूहको आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत शेयर छ ।

त्यस्तै मनोजबहादुरकै भाइको छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत शेयर छ भने शशिकान्त अग्रवालको २.६५ प्रतिशत र अन्य लगानीकर्ताको १ प्रतिशतभन्दा कम शेयर छ । अहिले मनोज र प्रचण्ड दाजुभाई, हबिब, राणा र संचयकोषबाट एक एक जना तथा एकजना विज्ञ गरी ७ जना सञ्चालक रहेपनि राष्ट्रबैंकको नयाँ नियम अनुसार सञ्चालकबाट श्रेष्ठ दाजुभाइमध्ये एकजना बाहिरिनुपर्ने हुन्छ । दाजुभाइमध्ये एकजना सञ्चालकबाट हट्दा मनोज बहादुरले अध्यक्ष पद समेत धरापमा पर्छ । हिमालयन बैंकमा विगत २६ वर्षदेखि साझेदारी गरिरहेको पाकिस्थानी हबिब बैंकले आफ्नो शेयर सिडिसीलाई बिक्री गरेर बाहिरिन खोजेसँगै श्रेष्ठ दाजुभाइले अन्तराष्ट्रिय लगानी रोकेर लामोसमयदेखि अलमलमा पारेको शेयरधनीहरुको आरोप छ ।

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...