गुडविल फाइनान्सको २५औं वार्षिक साधारण सभामा सम्पन्न
Wednesday Jan 15, 2020
वि.सं.२०७६ माघ १ बुधवार १२:२८

काठमाडौँ, ७६ माघ १। गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २५ औं बार्षिक साधारणसभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आ.व. २०७५/०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २७ प्रतिशतले वृद्धि गरी रु.६ अर्ब ८९ कराेड ५६ लाख १३ हजार ७११ रूपैयाँ ८३ पैसा तथा कर्जातर्फ २६ प्रतिशतले वृद्धि गरी रु. ५ अर्ब ९० कराेड ३१ लाख २२ हजार ८२४ रूपैयाँ ५८ पैसा पु¥याएको जानकारी दिनुका साथै संस्थाका अध्यक्ष राजाराम जोशीले प्रस्तुत गरेको आ.ब.२०७५/०७६ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले, संस्थाले ७ बर्ष अवधिको १२ प्रतिशत व्याजदरमा ६-६ महिनामा व्याज भुक्तानी हुने गरि प्रति डिवेन्चर एक हजारका दरले कुल रु.२५ करोड रुपैंया बरावरको दुई लाख ५० हजार कित्ता “१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३” निष्काशन गर्ने प्रक्रियामा रहेको जानकारी गराएका थिए ।
हाल १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यका भित्र तथा बाहिर थप शाखा तथा एक्सटेन्सन काउण्टर विस्तार गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको सो अवसरमा बताइएको थियो ।
विगत २५ बर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले वित्तीय कारोवारका अतिरिक्त आफनो संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि त्यत्तिकै प्राथमिकताका साथ निर्वाह गर्दै आइरहेको छ । यसै अन्तर्गत I am MBA नामक वित्तीय साक्षरता कार्यक्रमलाई आफ्ना शाखा रहेका र नरहेका क्षेत्रमा समेत संचालन गर्दै आइरहेको छ ।
संस्थाको २५ औं साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समितिको गठन गरेको छ । जस अन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला संचालक) तथा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट विश्वप्रकाश साखः, पशुपतिभक्त श्रेष्ठ, श्री रमेश मल्ल निर्विरोध निर्वाचित भएका छन् ।




























