NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

कृषि विकास बैंकको एक वर्षमा १७ प्रतिशत नाफा

NIMB
leapmotornepal (citroen)

७६ काठमाडौं,५ माघ :  कृषि विकास बैंकले एक वर्षको बीचमा वित्तीय परिसूचकमा उल्लेख्य सुधार गरेको छ । बैंकको गत वर्षको पुस मसान्त र यो वर्षको पुस मसान्तको तथ्यांक विश्लेषण गर्दा परिसूचकमा उल्लेख्य सुधार भएको देखिएको हो ।

बैंकले मनाउन लागेको ५३औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अघिल्लो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप थियो । यो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप छ । एक वर्षको बीचमा बैंकको निक्षेप १५.४४ प्रतिशतले बढेको छ ।

बैंकको कर्जा तथा लगानी १०.२३ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको बैंकले यो वर्षको पुस मसान्तसम्म आइपुग्दा यस्तो लगानी १ खर्ब १७ अर्ब रुपैयाँ पुर्याएको छ ।

बैंकको खराब कर्जाको अनुपात पनि निकै घटेको छ । गत वर्षको पुस मसान्तमा ४ अर्ब ७१ करोड रुपैयाँ खराब कर्जा रहेकोमा यस वर्षको पस मसान्त आइपुग्दा यस्तो कर्जा ४ अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ । एक वर्षको बीचमा बैंकको खराब कर्जा १०.३१ प्रतिशतले घटेको हो ।

रकमका आधारमा खराब कर्जा १०.३१ प्रतिशतले घटेको देखिए पनि प्रतिशतका आधारमा भने निकै घटेको छ । गत वर्षको पुसमा ४.४२ प्रतिशत रहेको खराब कर्जा अनुपात यसवर्षको पुसमा ३.५९ प्रतिशतमा झरेको छ । यो एक वर्षको बीचमा प्रतिशतका आधारमा बैंकको खराब कर्जा १८.६४ प्रतिशतले कम भएको हो ।

बैंकको करअघिको नाफामा १७ प्रतिशतले बढाएको छ । गत वर्षको पुस मसान्तमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा सरकारलाई कर तिर्नुभन्दा अगाडिको हो ।

बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले बढेको छ । गत वर्षको पुस मसान्तमा २३.५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वषको पुस मसान्तमा २८.३७ रुपैयाँ पुगेको छ ।

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...