CG Electronics
IME Life
Ncell NPL

प्रभु बैंककले चालु आर्थिक वर्षमा १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

  ७६ काठमाडौं,२१ माघ: प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले सर्वसाधारणलाई ९४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८५ अर्ब ८२ करोड ११ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको कारोबारको आधारमा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।

यस्तै, बैंकमा गत पुस मसान्तसम्ममा सर्वसाधारणको १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकमा १ खर्ब ५ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ निक्षेप थियो ।

www.prabhubank.com

गत पुस मसान्तसम्ममा बैंकले ५ अर्ब ९९ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने ३ अर्ब ५३ करोड २९ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २२ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ७ करोड १८ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको प्रभु बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रभु बैंकको खराब कर्जा अनुपात ३.१२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात २.४७ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ६.२९ प्रतिशत छ । गत वर्षको पुसमा ६.१९ प्रतिशत थियो । गत वर्षको पुस मसान्तमा ७६.५९ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यो वर्षको पुस मसान्तमा ७४.७ प्रतिशत छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार गत पुस मसान्त आधार दर ९.४५ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो दर ९.३७ प्रतिशत थियो । आधार दर बढी भयो भने कर्जाको व्याज महंगो पर्छ । गत वर्षको पुस मसान्तमा ४.८७ प्रतिशत रहेको बैंकको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तमा ४.८३ प्रतिशत छ ।

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा राय सुझाव आह्वान

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५२

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत...

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९०...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:४७

  काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट...

उद्योग–व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न निजी क्षेत्रद्वरा सरकारसँग आग्रह

उद्योग–व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न निजी क्षेत्रद्वरा सरकारसँग...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:३५

  काठमाडौं । निजी क्षेत्रका प्रमुख व्यावसायिक संघ–संस्थाहरूले पछिल्ला घटनाक्रमप्रति...

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...