CG Electronics
IME Life
NIMB

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारी विज्ञापनसम्बन्धी हालैको निर्णयप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।
महासंघले उक्त निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि विभेद गरेको भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सचिवस्तरीय परिपत्रमा संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायलाई सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको थियो ।

 

साथै, विज्ञापनको भुक्तानी सम्बन्धित सञ्चार संस्थाको खातामा सिधै जम्मा गर्नुपर्ने र दररेट तथा छुट सम्बन्धित संस्थाबाट स्वीकृत हुनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले मितव्ययिता, पारदर्शिता र एकरूपता कायम गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको तर्क दिएको भएपनि महासंघले यसलाई अस्वीकार्य र प्रेस स्वतन्त्रताविरोधी कदमका रूपमा व्याख्या गरेको छ ।

महासंघका अनुसार उक्त निर्णयले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक तथा खुला बजार अर्थनीतिलाई कमजोर बनाउने काम गरेको छ ।
महासंघले सरकारी विज्ञापनलाई निष्पक्ष, पारदर्शी र भेदभावरहित रूपमा वितरण गरिनुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई समेत उल्लंघन गरिएको जनाएको छ । साथै, विज्ञापनलाई सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने वा पुरस्कार–दण्ड दिने माध्यमका रूपमा प्रयोग गर्न नहुने स्पष्ट गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको ज्ञापनपत्रमा निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमको आर्थिक आधार कमजोर पार्ने उद्देश्यले यस्तो निर्णय गरिएको आशंका व्यक्त गरिएको छ । यसले देशभर सञ्चालनमा रहेका सयौँ सञ्चारमाध्यमको अस्तित्व संकटमा पार्ने र हजारौँ पत्रकार तथा सञ्चारकर्मीको रोजगारीमा असर पर्ने चेतावनी पनि दिइएको छ ।

त्यस्तै, महासंघले संघीय संरचनाको मर्मविपरीत संघीय सरकारले प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको भन्दै यसलाई असंवैधानिक कदमको रूपमा पनि आलोचना गरेको छ ।
महासंघले यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष पनि ज्ञापनपत्र बुझाएको भए पनि समस्या समाधानतर्फ ठोस पहल नभएको गुनासो गरेको छ । त्यसैले अब प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा ध्यानाकर्षण गराउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो ।

महासंघले सरकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक र सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा बाँडफाँट गर्नुपर्ने माग अघि सारेको छ ।

साथै, संकटग्रस्त सञ्चार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि दीर्घकालीन नीतिगत व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
यदि माग सम्बोधन नभए आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी महासंघले दिएको छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...