CG Electronics
IME Life
Ncell NPL

नेपाल इन्भेष्टमेन्ट बैंकको ५ अर्ब ऋृण नउठेपछि व्यवस्थापकहरु तनावमा ….

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सर्वसाधरणले खाई नखाई पसिना बगाएर आर्जेको रकम बैकमा जम्मा गर्दछन् । तर बैंकका हाकिमहरुले सो रकमको कसरीसम्म दुरुपयोग गर्दा रहेछन् भन्ने एउटा डरलाग्दो तथ्य सार्वजानिक भएको छ । नेपाल राष्ट बैंकले हालै गरेको सुक्ष्म अध्ययनको क्रममा यस प्रकारको गम्भीर गडबडी नेपाल इन्भेष्टमेन्ट बैंकबाट भइरहेको फेला परेको हो । यही कारण हो नेपाल इन्भेष्टमेन्ट बैंक एक पछि अर्काे फन्दामा पर्दैछ । इन्भेष्टमेन्ट बैंकले प्रवाह गरेको ऋृण एक पछि अर्काे डुबेपछि बैंक संकट चुलिएको छ । सो बैंकले प्रवाह गरेको अर्बाैको कर्जा डुबेपछि बैंकको संकटमात्र चुलिएको छैन् ।

Image result for nepal investment bank"

निकामक निकाय नेपाल राष्ट्र बैंकले समेत एक्सन लिएको छ । सो बैंकले प्रवाह गरेको ठूलो कर्जा नउठेपछि बैंकका टाउकाहरुलाई तनाव शुरु भएको छ । बैंकले प्रवाह गरेको झण्डै सात अर्ब रुपैंया डुब्ने अवस्थामा पुगेको छ । त्यही कारण हो सो बैंकको एकातिर नाफामा धक्का लागेको अर्काेतिर शेयर होल्डरहरुलाई उचित प्रतिफल दिन नसकेको । बैंकले तीन ओटा ठूला ऋणीलाई विना धितो, विना जवानी झण्डै ५ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको थियो सो रकम उठ्न सकेको छैन् । इटालियन ठेकेदार कम्पनी (सीएमएसी), अन्नपूर्ण सुगर मिलका सञ्चालक आरके अग्रवाल र कोइला आयातकर्ता व्यापारी श्याम मललाई प्रवाह गरिएको कर्जा नउठे पछि बैंकको नाफामा समेत नराम्ररी धक्का लाग्न पुगेको हो । मेलम्ची परियोजनाको ठेक्का हात पारेर बीचमा गजेन्द्र ठाकुर र विना मगरका कारण देशै छाडेर भागेको सिएमसीका लागि सो बैंकले काउन्टर ग्यारेन्टीबापतको झण्डै २ अर्व प्रवाह गरेको थियो । सो रकम नउठ्ने पक्का छ । यस्तै अहिले डुबेका चिनी उद्योगी आरके अग्रवालको अन्नपूर्ण सुगर मिलका लागि १ अर्ब २५ करोडभन्दा माथि ऋृण प्रवाह गरेकोमा सो ऋृण समेत उठ्न सकेको छैन् ।

यस्तै अर्काे व्यापारी श्याम मल जो कोइला आयातकर्ता हुन् । उनीलाई दिइएको १ अर्ब २५ करोड ऋृण उठेको छैन् । झण्डै ५ अर्ब ऋृण नउठेको बिषयलाई लिएर अहिले निायमक निकाय तातेको छ । नेपाल राष्ट बैंकले इन्भेस्टमेन्ट बैङ्कमा प्रवाह गरिएको कर्जाका फाइलमाथि अध्ययन अघि बढाएको छ । राष्ट बैंकले इन्भेष्टमेन्ट बैंकका उच्च पदस्थहरुले यी तीन व्यापारीसँग कमिसन लिएर ऋण दिएको वा त्यहाँ आफ्ना आफन्त रहेको हुन सक्ने अनुमान गरी फाइल मगाएर अध्ययन गरिरहेको छ ।

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को...

वि.सं.२०८३ वैशाख १२ शनिवार २२:१५

  मोरङ। नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो...

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:५५

  काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक...

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ : डा.ऋषि बिष्ट

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:४८

काठमाडौं । पछिल्लो समय नेपालमा हाडजोर्नीसम्बन्धी समस्या वृद्धवृद्धामा मात्र सीमित...

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा राय सुझाव आह्वान

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५२

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत...

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९०...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:४७

  काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट...