CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २४ आइतवार

skip this studyinindiaexpo

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मोरङ। नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो ऐतिहासिक अधिवेशन पथरी शनिश्चरे–७, लामाटोलस्थित तामाङ बौद्ध सांस्कृतिक भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रदेश अध्यक्ष रेखबहादुर घिसिङको अध्यक्षतामा आयोजित उद्घाटन सत्र संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा संघीय सहअध्यक्ष कुमार घिसिङ, वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङ, कोषाध्यक्ष रुप योन्जान, प्रहरी–सेना कर्मचारी समन्वय विभाग प्रमुख मित्रसेन तामाङ, संघीय सदस्य बिलाम मुक्तान, दिलबहादुर पख्रिन, शान्ता मोक्तान, धनबहादुर तामाङ, युवा घेदुङ संघीय उपाध्यक्ष मनोज योन्जान, सशिकार लामा लगायतको विशेष उपस्थिति रहेको थियो। साथै प्रदेशका १४ जिल्लाबाट आएका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोहन गोले तामाङले तामाङ समुदाय नेपालको अत्यन्तै पुरानो समुदाय भए पनि राज्यको नीतिका कारण पछाडि परेको उल्लेख गरे। उनले तामाङ समुदायको शैक्षिक अवस्था अझै कमजोर रहेको र सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

संघीय सहअध्यक्ष कुमार घिसिङले नेपाल तामाङ घेदुङ २००८ सालदेखि सुरु भई २०१३ सालदेखि संस्थागत रूपमा अगाडि बढेको उल्लेख गर्दै देश तथा विदेशमा संगठन विस्तार हुँदै आएको बताए। उनले तामाङहरूको संस्कार र संस्कृति जोगाउन अग्रजहरूको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।

वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङले समुदायलाई सचेत र एकताबद्ध हुन आग्रह गर्दै राजनीतिक पहुँच विस्तार गर्न आवश्यक रहेको बताए। “पहिले जाति र त्यसपछि पार्टी” भन्ने भावनाले मात्र एकता सम्भव हुने उनको भनाइ थियो।

त्यसैगरी मित्रसेन तामाङले लामो समयदेखि प्रशिक्षण र अभियान सञ्चालन हुँदा पनि अपेक्षित एकता नआएको उल्लेख गर्दै अब एकताबद्ध भएर राजनीतिक रूपमा सशक्त बन्नुपर्नेमा जोड दिए।

संघीय कोषाध्यक्ष रुप बहादुर योन्जानले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

अधिवेशनको बन्दसत्रबाट निर्वाचन प्रक्रिया सम्पन्न गर्दै नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।
अध्यक्षमा जगत तामाङ, उपाध्यक्षमा एकराज तामाङ र रुपनारायण तामाङ गोले, महिला उपाध्यक्षमा बिनिता थिङ तामाङ तथा मुख्य सचिवमा फणीन्द्र तामाङ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा हस्ताबहादुर तामाङ, खड्का कुमार तामाङ, धनबहादुर तामाङ, टेकबहादुर तामाङ, इन्द्रकुमार योन्जान, जयबहादुर तामाङ र जितेन्द्र तामाङ चयन भएका छन्।

अधिवेशनले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै तामाङ समुदायको पहिचान, अधिकार संरक्षण तथा समग्र विकासका लागि आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा अध्यक्ष वीरेन्द्रराज पाण्डेद्वारा प्रस्तुत स्वागत मन्तव्य

नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारण सभाको...

वि.सं.२०८३ जेठ २३ शनिवार १९:४५

काठमाडौं । माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू,...

शैक्षिक परामर्श क्षेत्रमा धरौटी चाहिँदैन, व्यवसायीले स्वीकार्ने अवस्था छैन : इक्यान अध्यक्ष पौडेल

शैक्षिक परामर्श क्षेत्रमा धरौटी चाहिँदैन, व्यवसायीले स्वीकार्ने...

वि.सं.२०८३ जेठ २३ शनिवार १२:२९

  काठमाडौं । यतिखेर नेपालको शैक्षिक परामर्श (कन्सल्टेन्सी) क्षेत्र सरकारी...

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ :...

वि.सं.२०८३ जेठ २२ शुक्रवार १५:२१

  काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति...

नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक...

वि.सं.२०८३ जेठ २२ शुक्रवार १४:१०

  काठमाडौं । विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक...

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको तलबमा केन्द्रीत भयो : राजेन्द्र दाहाल

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५४

काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी...

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०१

  काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का...