CG Electronics
IME Life
Ncell NPL

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन आईतबार सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन आईतबार  सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा मन्त्रि जमकट्टेलले मकवानपुरलाई चलचित्र छायाँकन नगरी बनाउन उपयुक्त ठाँउहरु रहेको बताउनु भयो । उहाँले मकवानपुर प्राकृतीक सुनदर रहेको भन्दै बागमती प्रदेशको राजधानी भईसकेकाले यहाँका सुन्दर ठाँउहरुलाई चलचित्रमा कैद गरेर हेटौडाको सुन्दरर्ता प्रस्तुत गर्न चलचित्रकर्मीहरुलाई आग्रह गर्नु भयो ।

मोफसलमा चलचित्रको बिकाश बिस्तारमा यहाँका सचारकर्मीहरुको उल्लेख्य भुमिका रहेको बताउदै मन्त्रि जमकट्टेलले चलचित्रकर्मी आफैले पनि राम्रा राम्रो शन्देशमुलक चलचित्रहरु निर्माणमा जोड दिनुपर्ने बताउनु भयो । मोफसलबाट चलचित्र क्षेत्रमा लागेका चलचित्रकर्मीहरुको सकृयताले नै यो क्षेत्रको बिकाश बिस्तारहुने उहाँले बताउनु भयो ।

प्रदेशभित्र चलचित्र सम्वन्धी कानून निर्माणको तयारीमा रहेको उहाँले वताउनुभएको छ । चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा मोफसलमा नेपाली चलचित्रको विस्तारमा चलचित्रकर्मी तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशमा जेष्ठ पत्रकार र महिला पत्रकारको हितका निम्ती काम गर्न लागिएको वताउनुभयो । संघीय तहमा पत्रकार कल्याणकारी कोष भन्दा आफुहरुले वनाएको कार्यविधि महत्वपूर्ण रहेको वताउनुभयो ।

कानून निर्माण नगरीकन पैसा खर्च गर्नका लागि समस्या रहेको वताउँदै उहाँले भन्नुभयो–‘संसदबाट कानून पास भएर खर्च गर्दा पनि अर्थ मन्त्रालयले पैसा खर्च गर्न दिन पनि समस्या छ ।’कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइले मोफसलमा चलचित्र क्षेत्रको बिस्तारमा संचारकर्मीहरुको ठुलो भुमिका रहेको बताउनु भयो ।

हामीले बिदेशी चलचित्रलाई भन्दा हाम्रो नेपाली चलचित्रलाई बढीमात्रमा प्राथमिकता दिएमा यसको बिकाश बिस्तार आफै बढने बताउनु भयो । चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले मोफसलमा चलचित्रको बिस्तारमा बिकाश बोर्डले भुमिका खेल्न बिभिन्न कार्यक्रमहरु ल्याएन लागेको बताउनु भयो । उहाँले स्थरीय चलचित्र बनाउन पनि चलचित्रकर्मीहरुमा आग्रह गर्नु भयो ।

ब्रोकाष्टिङ एशोसिएसनका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघका बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं,चलचित्र संघका दितिय उपाध्यक्ष कुबेर शर्मा,चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी,चलचित्र पत्रकार संघका केन्द्रिय महासचिब अनिल यादब,सचिब समिर बलामी,बैकुन्ठ पराजुली सहकोषाध्यक्ष जिबन पराजुली लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गिय केशब भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गिय केसव भट्टराई परिबार सहयोग समितिका संयोजक एबं बिकाश बोर्डका पुर्ब अध्यक्ष राजकुमार राईलाई चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गर्नु भएको थियो । चेक हस्तान्तरण गर्दै अध्यक्ष गौतमले स्वर्गिय केसव भट्टराईले यो क्षेत्रमा दिनु भएको योगदान सदैब अमुल्य रहने बताउनु भयो ।

कार्यक्रममा स्वर्गिय केसव भट्टराईको श्रदान्जली सभा समेत आयोजना गरीएको थियो ।यस्तै चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशन पनि आईतबारनै सम्पन्न भएको छ । अधिवेशनले मणिराज गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल,कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रविन्द्र गौतम चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन भएको निर्वाचन कमिटीका संयोजक गिरिजा अधिकारीले जानकारी दिनुभयो । 

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने,...

वि.सं.२०८१ साउन १५ मंगलवार २२:४१

  काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने...