CG Electronics
IME Life
Ncell NPL

नेपालीहरुको उद्धारको लागि ‘रेस्क्यु–टिममा म जान तयार छु’ : डा. श्रेष्ठ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं,२७माघ:चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भिर पहलकदमी नचालेको उनीहरुका अभिभावकले गुनासो पोखेका छन् । चीनमा रहेका कोही पनि नेपालीहरु ‘नोवल कोराना भाईरस’ बाट संक्रमित नभएको भन्दै उनीहरुले जतिसक्दो चाँडै आफ्ना आफन्तलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताए ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले सरकारले चीनमा बन्धकको अवस्थामा रहेका आफ्ना नागरिकहरुको उद्धारको लागि गम्भिरता नदेखाएकोमा भने कडा आपत्ति जनाएका छन् । ती विद्यार्थीहरुको उद्धारको लागि आफूहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाई नभएको अभिभावकहरुको गुनासो छ । कतिसम्म भने चीनमा बन्धकको अवस्थामा रहेका नेपालीहरुले पनि आज भिडियो कलमार्फत नेपाली सञ्चारकर्मीहरुसँग चाँडै नेपाल झिकाउनको लागि पहल गरिदिन आग्रह गरेका थिए । चीनमा रहेको नेपाली दुतावासले पनि कुनै ठोस जवाफ दिन नसकेको ती विद्यार्थीहरुको गुनासो छ ।


यता, अभिभावकहरुले भने आफ्ना सन्तान नै यस्तो विपद् र संकटबाट गुज्रँदा आफूहरु निकै ठूलो पीर र मर्कामा परेको बताएका छन् । आफन्तलाई स्वदेश फर्काउने विषयमा नेपालको सरकारी अधिकारीबाट कुनै ठोस जवाफ नआएको भन्दै कहिलेसम्म स्वदेश फर्काउने हो ? भन्दै लिखित जवाफ दिनुपर्ने अभिभावकहरुले माग गरे ।
चीनमै चिकित्सक शिक्षा अध्ययन गरेर स्वदेश फर्किएका नेपाली डाक्टहरुले आफू उद्धारको लागि चीन जान तयार रहेको स्पष्ट पारेका छन् । चीनको उहानमै ईन्टर्नल मेडिसिन अध्ययनरत डा. सुमन श्रेष्ठले आफू जनवरी २ तारिखमात्रै काठमाडौं आएको सुनाउँदै भने,‘म काठमाडौं आएको २ हप्तापछि अर्थात जनवरी १५–१८ सम्म त चीनमा कोरोनाको महामारी नै फैलियो ।

अहिले यो रोगको बारेमा विश्वभरि चर्चा छ । नेपाल सरकारले कुनै संकोच नमानीकन नेपालीहरुलाई स्वदेश फर्काउनुपर्छ । त्यहाँ रहेका नेपालीहरु कोही पनि संक्रमित छैनन् । तर, उहाँहरुलाई नेपाल ल्याउनको लागि सरकार डराएको छ ।’
चीनमा रहेका अन्य मुलुकका नागरिकहरुलाई त्यहाँको सरकारले सफलतापूर्वक उद्धार गरिसकेको पनि उनले जानकारी दिए । ‘चीनमा रहेका साथीहरु अहिले हामी त नेपाली नै पो होईनौं कि भन्नेमा पुगेका छन्’–उनले भने,‘सरकारले उद्धारको लागि कुनै चासो नदेखाएपछि यस्तो भन्नु स्वभाविक हो । चीनमा रहेका नेपालीहरुको पीडा धेरै छ । उहाँहरु समस्यामा पर्नुभएको छ ।’


सरकारले उद्धारको लागि जनशक्ति छैन भनेको सुनाउँदै आफू ती साथीहरुको उद्धारको लागि जान तयार रहेको डा. श्रेष्ठको भनाई छ । उनले भने,‘म जान तयार छु, उहाँहरुलाई कुनै संक्रमण नै छैन् । अहिले करिब २ सय जना नेपालीहरु त्यहाँ छन्, तर कोही पनि ईन्फेक्टेड छैनन् ।’
अर्का चिकित्सक डा. प्रकाश कँडेलले पनि आफ्ना साथीहरु कोही पनि संक्रमित नभएको स्पष्ट पारेका छन् । उनले भने,‘संक्रमित नभएपछि सरकारले उद्धार गर्नुपर्छ । नेपाल सरकारका प्रतिनिधिहरुले हामीसँगको भेटवार्तामा चिन्ता र दुःख व्यक्त गर्नुभएको छ। तर, उद्धार गर्ने कुरामा पनि पहल लिनुभएन् ? त्यहाँ भएका नेपालीहरुको लागि सहानुभुति भन्दापनि उद्धार नै ठूलो कुरा हो । भारत, श्रीलंकाले त आफ्ना नागरिकहरु सकुशल उद्धार गरिसकेको छ ।

तर, हाम्रा नेपालीहरु भने यतिवेला बन्धक बनेका छन् ।’ अहिले नेपालीहरुको लागि हरेक सेकेण्ड महत्वपूर्ण भएको सुनाउँदै त्यहीस्तरको पीडा यता नेपालमा हुने अभिभावकहरुलाई पनि भैरहेको उनले कारुणिक अवस्था सुनाए । उनले जतिसक्दो चाँडो चीनबाट नेपालीहरुलाई सरकारले उद्धार गर्नुपर्ने धारणा राखे ।


त्यस्तै कार्यक्रममा चीनमा रहेकी विद्यार्थीकी अभिभावक सोमिला कक्षपतीले कोरोना भाईरसबारे नै आम मानिसहरुमा सही जानकारी नभएको स्पष्ट पारिन् । उनले भनिन्,‘यसको उपचार कहीँ पनि छैन् । चीनमा रुघोखोकीको बेग्लै ट्रिटमेन्ट र निमोनियाको बेग्लै उपचार गरिन्छ । हाम्रो पनि त्यही गर्ने हो । यो भाईरस हावाबाट सर्दैन् भनेर भनिसकिएको छ । र, चीनमा रहेका नेपालीहरु कोहीपनि यो भाइरसबाट संक्रमित छैनन् ।’


नेपाल सरकारले नेपालीहरुको उद्धारको लागि जतिसक्दो चाँडो कदम चाल्नुपर्ने उनको भनाई छ । उनले भनिन्,‘भारतले आफ्ना नागरिकहरुको उद्धार गरिसकेको छ । उसले टेन्टमा राखेको छ । बंगलादेशले तन्नामा राखेको छ ।’ नेपाल सरकारले फागुण ३ गते जहाज पठाउने कुरा गरेको मिडियामार्फत थाहा भएपनि यसबारेमा सरकारले आधिकारिक रुपमा केही जानकारी नदिएको उनको गुनासो छ ।


उनले भनिन्,‘हामी त दुई हप्तादेखि पर्खिरहेका छौं । अहिलेसम्म कुनै पहलकदमी सरकारको तर्फबाट भएको छैन् । हामी अभिभावक र उता हाम्रा आफन्तहरु दुवैतिर त्रासदीपूर्ण जीवन जिउन बाध्य भैरहेका छौं । सरकारले हाम्रो आवाज कहिले सुन्छ ?’ वर्तमान सरकार अत्यन्तै कमजोर भएको भन्ने आफूहरुलाई अनुभुति भएको उनको आरोप छ । उनले एक दुईदिनभित्रै आफ्ना आफन्तहरुको उद्धार गर्न सरकारलाई आग्रह गरिन् ।
कार्यक्रममा अर्का अभिभावक रमेश बहादुर सिंहले पनि सरकारले उद्धारको लागि ठोस पहल नगरेको गुनासो पोखे । उनले भने,‘हामीले मन्त्रीहरुलाई भेट्यौं ।

उहाँहरुले सहानुभि देखाउने र दुःखी छौं भनेरमात्रै हुँदैन्, उद्धार गर्नुपर्यो । मलाई अहिले तिर्खा लागेको छ, दश वर्षपछि पानी दिएर हुन्छ ? अहिले हाम्रा सन्तानहरुको चीनमा यस्तै अवस्था छ । उनीहरुको कुरा सुन्दा हृदय काँप्छ । कहिले उद्धार गर्नुहुन्छ ? हामीलाई भनेर उताबाट रोदन आईरहेको छ ।’
सिंहले नेपाल सरकारले यतिका दिन बितिसक्दापनि किन ठोस कदम नचालेको होला ? भन्दै प्रश्न गरे । उनले चेतावनी दिँदै भने,‘भोलि यस्तो दिन नओस्, हामी त अझैपनि आफ्नो सरकारप्रति भरोशा गरेर बसेका छौं ।

तर, हुँदै भएन भने मर्ता तो क्या नहीँ कर्ता ? भनेझैं मजबुरी भएर हामीले अरु देशलाई घुहाउर्नु नपरोस् । यदि अरु देशलाई घुर्हादा नेपालको नाक कहाँ रहन्छ ?’
अर्की अभिभावक लीलादेवी भट्टराईले पनि आफ्ना सन्तानहरु ठूलो पीडामा रहेको सुनाईन् । उनले भनिन्,‘चीनमा रहेका हाम्रा नेपालीहरुको जस्तो दुःख अरुले भोग्न नपरोस् । सरकारले जति ढिलो गर्छ, त्यति नै त्यहाँ रहेका नेपालीहरुमा संक्रमण हुने डर छ ।

तरुन्त नेपाल झिकाउन पहल गर्नुपर्छ ।’ उनले आफूहरु पीरमा बसेको विलौना गरिन् । उनले भनिन्,‘उताको पीडा सुन्दा भक्कानो फुटेर आउँछ ।’
चीनमा एम.डी. अध्ययनरत अमित श्रीवास्तवकी श्रीमती पल्लवी श्रीवास्तवले पनि नेपाल सरकारले कहिले उद्धार गर्ने हो ? त्यो कुरा मौखिक रुपमा नभई लिखित रुपमा सार्वजनिक गर्नुपर्ने माग गरिन् । उनले भनिन्,‘सरकारले उद्धार गर्ने भनेर त भनेको छ, तर यो समाचारमा कुनै विश्वास छैन् ।

त्यसैले सरकारले लिखित रुपमा दिनुपर्यो ।’
त्यस्तै, अर्का अभिभावक वसन्त भण्डारीले सरकारले आफूहरुको विलौना नसुनेकोमा आक्रोश पोखे । नेपालमा बस्ने अभिभावकहरुसमेत अहिले भयावह अवस्थामा रहेको उनको भनाई छ । आफ्ना आफन्तहरुलाई संक्रमण नहुँदै नेपाल फर्काउनुपर्ने उनको माग छ । उनले चीनमा रहेका नेपालीहरुलाई २४ घण्टाभित्र उद्धार गर्न सरकारलाई अल्टिमेटमसमेत दिए । उनले भने,‘होईन भने अब ठूलो संघर्ष पैदा हुन्छ ।’ उनले पत्रकार ऋषि धमलाले आफूहरुको पीडालाई सरकारको कानमा पुर्याउनको लागि र दबाब सिर्जना गर्न ठूलो भूमिका खेलेको भन्दै धन्यवाद दिए ।


कार्यक्रममा चीनमै अध्ययनरत विद्यर्थाी मनोज सिंहले उहानमा रहेका चिकित्सकहरुसँग नेपालबाट भिडियो कलमार्फत उनीहरुको बास्तविक अवस्था के रहेछ ? भनेर जानकारी लिनको लागि सहयोग पुर्याएका थिए । उहानमै पि.एच.डी अध्ययनरत गौरव पोखरेलले आफूहरु विगत १५ दिनदेखि कोठामा थुनिएर बस्नुपरेको पीडा सुनाए । उनले आफूहरु कोही पनि संक्रमति नभएको भन्दै समयमै नेपाल उद्धार गर्न मिडियाकर्मीहरुसँग आग्रह गरेका थिए ।


उनले भने,‘हामी कोही पनि संक्रमित छैनौं । सबै स्वस्थ छौं । यो क्षेत्र उद्गमस्थल हो, चीनस्थित् नेपाली दुतावासले हामीसँग लिष्ट मागेको थियो । फर्म भर्न लगाएको थियो । तर, अहिलेसम्म कुनै ठोस कदम चालेको छैन् । हामी त्रासमा बाँचेका छौं ।’ कतिपय साथीहरुको श्रीमती गर्भवती रहेको पनि उनले सुनाए । उनले भने,‘यो समय नै उद्धारको लागि उचित समय हो । चीनले पनि नेपाल पठाउँदा हामीलाई चेकजाँच गरेरमत्रै पठाउँछ । नेपालमा पनि हामीलाई चेक गरेर अर्थात स्क्रिनिङ गरेरमात्रै विमानस्थलबाट बाहिर जान दिने हो ।’
उनले आफूहरु छात्रावासमा थुनिएर बसेको सुनाए । उनले भने,‘नेपाली भएर हामीले बाँच्न नपाउने ? हामीलाई मानसिक रुपमा पनि तनाव बढेको छ ।

अहिलेको अवस्था भनेको साह«ै ईमरजेन्सी हो ।’ चीनमा रहेको नेपाली दुतावास र राजदुत लिलामणि पौडेलले पनि खासै चिन्ता नगरेको आफूहरुले पाएको उनको गुनासो छ ।
बरु, आफूहरुको प्राध्यापक (चिनियाँ) हरुले बरु कहिले नेपाल जान्छौं ? छिटो जाउ भनेर सोधेको उनले सुनाए । उनले भने,‘हामी अहिले चिनियाँ सरकारको लागि पनि बोझ भएका छौं ।’ अहिले चीनमा मास्क पनि अभाव भएको सुनाए । तर, नेपालबाट चीनलाई एक लाख मास्क सहयोग गर्नुभन्दापनि आफूहरुलाई उद्धार गरेको भए त्यो महत्पूर्ण हुनेथियो भन्ने तर्क गरे ।


अर्का चिकित्सक डा. सुदीप राउतले पनि आफूहरु ठूलो पीडामा रहेको सुनाए । उनले भने,‘हामी चीनको बोझ भयौं । हामी संक्रमित होईनौं । खाना सकिएको छ । हाम्रो राज्य सरकार उदासिन भएको छ । हामी अहिले अप्ठ्यारो स्थितिमा छौं । सरकारले चाँडै उद्धार गरोस् ।’
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले चीनमा बन्धकको अवस्थामा रहेका नेपालीहरुको समस्या आफूहरुको पनि समस्या भएको भन्दै उद्धारको लागि सरकारसँग पहल गरिने बताए । उनले भने,‘म प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्रीसँग तपाईहरुको कुरा राख्छु । प्रधानमन्त्रीज्यूसँग अन्तरक्रिया गराउन पहल गर्छु । तपाईहरुको साथमा हामी सम्पूर्ण मिडियाकर्मीहरु रहेका छौं ।’


धमलाले २४ घण्टाभित्र चीनमा बन्धकको अवस्थामा रहेका नेपालीहरुको उद्धारको लागि सरकारले ठोस पहलकदमी लिनुपर्ने धारणा राखे । उनले भने,‘सरकार मुकदर्शक भएर बस्न मिल्दैन् । हामी परिवारको साथमा छौं । नेपाल फर्कन चीनस्थित नेपाली राजदूतावासमा १ सय ८० जनाले फाराम भरेका छन् । उनीहरूका अनुसार खानेपानी, खाद्यान्नलगायतको अभाव सिर्जना हुन थालेको छ ।

www.prabhubank.com
बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:०३

काठमाडौँ, बैशाख २०८३ – एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय...

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:५९

  काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:११

  काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...