NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ सेवा र सूचना सुरक्षा व्यवस्थापनमा उत्कृष्टता हासिल गर्दै दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ।

बैंकले गुणस्तरीय व्यवस्थापन प्रणालीतर्फ आईएसओ ९००१:२०१५ र सूचना सुरक्षा व्यवस्थापनतर्फ आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको हो। यी दुवै प्रमाणपत्र एकैसाथ प्राप्त गर्ने सीमित संस्थामध्ये पर्न सफल भएको बैंकले जनाएको छ।

लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वव्यापी सर्टिफिकेसन संस्था ‘इन्टरसर्ट’का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गुणस्तरीय सेवा र सूचना प्रविधिको सुरक्षा अझ सुदृढ गर्दै ग्राहकको विश्वास जित्ने दिशामा बैंक अघि बढ्ने बताएका छन्।

बैंकले देशभर १२६ शाखामार्फत करिब ९ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। साथै, सुरक्षित, सरल र विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...