NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्¥याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ का लागि “रिडिफाइन योर एभ्रिडे” नामक ‘टिभिसि फिल्म सार्वजनिक गरेको छ ।

यसले “रिडिफाइन योर एभ्रिडे” को अवधारणालाई स्थापित गर्नका लागि टिभिसि फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत गरेको छ । आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेका एक युवा उद्यमीदेखि सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, कुनै ठोस् योजनाबिना यात्रामा निस्किएका साथीहरू र सँगै समय बिताइरहेको परिवारसम्मका यी कथाहरूले आधुनिक सहरी जीनवका विविध वास्तविकता तथा आयामहरूलाई उजागर गर्दछन् ।

केवल प्रविधिलाई मात्र कथाको केन्द्रमा राख्नुको सट्टा, यस अभियानले इ.मास ५ को फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले कसरी यी दैनिक अनुभवहरूलाई पुनःपरिभाषित गर्छन् भन्ने कुरा प्रस्तुत गर्दछ । कहिलेकाहीँ दैनिक जीवनलाई नयाँ रूप दिनु वा अर्थपूर्ण बनाउनु भनेको, सधैँ ठूलो वा विशेष परिवर्तन ल्याउनु मात्र होइन, हामीले बाँचिरहेका पलहरूलाई अलिकति बढी सहज र सुन्दर बनाउनु हो भन्ने मूल मर्म कथाले बोकेको छ ।

प्रोटोन इ.मास ५ ले हालसालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकहरूबाट उच्चतम चासो तथा बुकिङ हासिल गरेको थियो । प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध प्रोटोन इ.मास ५ मा रियर–ह्विल ड्राइभ, जि–ट्र्याक्सन कन्ट्रोल, सामान भण्डारण गर्ने ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडि टचस्क्रिन र भेहिकल–टु–लोड (भि–टु–एल) क्षमता जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन् ।

चारै कथाहरूको अंश समेटिएको मुख्य टिभिसि फिल्म सार्वजनिक भएसँगै, आउँदा हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्महरू प्रोटोन नेपालका डिजिटल प्लेटफर्महरू मार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...