Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण माघ ११ गतेबाट सुरु हुने भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्ने औद्योगिक एवं व्यापारिक महोत्सव १० दिनसम्म चल्ने छ । एक्स्पो विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरिने उद्योग संगठन मोरङले जनाएको छ ।

संगठनले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी थालिएको जानकारी दिएको छ । ‘डिजिटल कोशी बिल्डिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ नाराका साथ सञ्चालन हुने एक्स्पोमा २ सय ६८ वटा स्टलहरु रहनेछन् । एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीको १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथुनको १२ वटा, रोजगार कोशीका लागि १२ वटा, व्यावसायिक सेवा प्रदायकको ४० वटा, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट र कृषिका ७५ वटा स्टल रहनेछन् । एक्स्पोमा रोजगारीका लागि तालिम पनि दिने बताइएको छ ।

विराट एक्स्पो २०२५ व्यवस्थापन समिति संयोजक भोलेश्वर दुलालले एक्स्पोमा स्टार्टअफ कन्फ्रेन्स, रोजगार कोशी, इनर्जी इफिसियन्सी, ‘मेरो देश, मेरो उत्पादन’ लगायत कार्यक्रम आयोजना गरिने बताए । एक्स्पो सञ्चालनका लागि करिब ३ करोड खर्च हुने अनुमान गरिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...