CG Electronics
IME Life
NIMB

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण माघ ११ गतेबाट सुरु हुने भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्ने औद्योगिक एवं व्यापारिक महोत्सव १० दिनसम्म चल्ने छ । एक्स्पो विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरिने उद्योग संगठन मोरङले जनाएको छ ।

संगठनले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी थालिएको जानकारी दिएको छ । ‘डिजिटल कोशी बिल्डिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ नाराका साथ सञ्चालन हुने एक्स्पोमा २ सय ६८ वटा स्टलहरु रहनेछन् । एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीको १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथुनको १२ वटा, रोजगार कोशीका लागि १२ वटा, व्यावसायिक सेवा प्रदायकको ४० वटा, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट र कृषिका ७५ वटा स्टल रहनेछन् । एक्स्पोमा रोजगारीका लागि तालिम पनि दिने बताइएको छ ।

विराट एक्स्पो २०२५ व्यवस्थापन समिति संयोजक भोलेश्वर दुलालले एक्स्पोमा स्टार्टअफ कन्फ्रेन्स, रोजगार कोशी, इनर्जी इफिसियन्सी, ‘मेरो देश, मेरो उत्पादन’ लगायत कार्यक्रम आयोजना गरिने बताए । एक्स्पो सञ्चालनका लागि करिब ३ करोड खर्च हुने अनुमान गरिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...