IME Life
NIMB

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

NIMB
Himalayan Bank

 

काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता उपभोक्ताका लागि सबैभन्दा महत्वपूर्ण विषय बनेका छन्। अधिकांश अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरे पनि GWM विश्वका सीमित अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जी (SVOLT Energy) मार्फत ब्याट्रीको अनुसन्धान, विकास तथा उत्पादन गर्दै आएको जनाएको छ। यसका कारण कम्पनीले आफ्ना ब्याट्रीको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको दाबी गरेको छ।

हालै नेपालमा सार्वजनिक गरिएको GWM ORA 5 विद्युतीय एसयूभीमा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री पनि GWM अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी एसभोल्ट ले नै विकास तथा उत्पादन गरेको कम्पनीले जनाएको छ। वर्षौंको अनुसन्धान, परीक्षण तथा प्रविधि विकासपछि तयार पारिएको उक्त ब्याट्रीमा उच्च सुरक्षा, आगो तथा पानी प्रतिरोधी क्षमता, लामो दूरीसम्म यात्रा गर्न सक्ने क्षमता, द्रुत चार्जिङ सुविधा र उत्कृष्ट कार्यसम्पादनको विशेषता रहेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार ‘ड्रागन आर्मर’ नाम यसको विशेष आन्तरिक संरचनाका आधारमा राखिएको हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनका खप्टाजस्तै तह–तहमा वैज्ञानिक ढङ्गले मिलाएर राखिएका छन्। यसबाट विकसित विशेष अधोमुखी वायु तथा ताप निकास प्रणाली (डाउनवर्ड भेन्टिङ प्रणाली) ले कुनै असामान्य अवस्था सिर्जना भई अत्यधिक ताप वा आगो उत्पन्न भएमा त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई सवारीको तल्लो भागबाट सुरक्षित रूपमा बाहिर निकाल्ने कम्पनीको दाबी छ।

यस संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवचको रूपमा काम गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ड्रागन आर्मर ब्याट्रीले विद्युतीय सवारीसाधनको सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै उपभोक्तालाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय यात्रा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...