IME Life
NIMB

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च र १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेट कार्यान्वयन योजनासम्बन्धी बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नयाँ बजेट पाँच वर्षे सरकारको आर्थिक मार्गचित्र कार्यान्वयनको पहिलो चरण भएको उल्लेख गर्नुभयो। विगतमा पूँजीगत खर्च र राजस्व संकलनमा देखिएको कमजोर प्रदर्शन दोहोरिन नहुने भन्दै उहाँले मन्त्रालयहरूलाई स्पष्ट कार्ययोजना बनाएर परिणाममुखी ढंगले काम गर्न आग्रह गर्नुभयो।

उहाँले तोकिएको पूँजीगत बजेटसमेत खर्च गर्न नसक्ने र राजस्व लक्ष्य हासिल गर्न असफल हुने अवस्था अब स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

“गत आर्थिक वर्षमा पूँजीगत खर्च करिब ४९ प्रतिशतमा सीमित रह्यो भने राजस्व संकलन पनि करिब साढे १२ खर्ब रुपैयाँमा मात्र रोकियो,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “चालु आर्थिक वर्षमा यस्तो अवस्था दोहोरिनु हुँदैन। कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च सुनिश्चित गर्दै १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्न सबै मन्त्रालयले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।”

उहाँले बजेट कार्यान्वयनका क्रममा देखिने कानुनी, नीतिगत वा व्यावहारिक समस्या समयमै अर्थ मन्त्रालयलाई जानकारी गराउन र आवश्यक समन्वयमार्फत समाधान गर्दै योजनाबद्ध रूपमा अघि बढ्न सचिवहरूलाई आग्रह गर्नुभयो।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गत आर्थिक वर्षदेखि रकमान्तर तथा अवण्डा बजेट विस्तृतीकरणसम्बन्धी अधिकार सम्बन्धित मन्त्रालयहरूलाई प्रत्यायोजन गरिएको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न पनि निर्देशन दिनुभयो।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...