IME Life
NIMB

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

NIMB
Himalayan Bank

 

काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सञ्चालन गर्ने भएको छ। योजनाअन्तर्गत सक्कली बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनालाई एक लाख रुपैयाँ तथा महिनामा दुई जनालाई १०–१० लाख रुपैयाँ बम्पर पुरस्कार प्रदान गरिनेछ।

सरकारले सार्वजनिक गरेको व्यवस्थाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिने उपभोक्ता योजनामा सहभागी हुन सक्नेछन्। नगद वा अनलाइन माध्यमबाट गरिएको भुक्तानी दुवै यस योजनाका लागि मान्य हुनेछन्।

उपभोक्ताले खरिदपछि प्राप्त गर्ने सक्कली बिलमा उल्लेखित बिल नम्बर नै पुरस्कार योजनाको आधार हुनेछ। सरकारले हाललाई प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन (पाक्षिक रूपमा) विजेताको घोषणा गर्ने जनाएको छ।

यो कार्यक्रम आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको थियो। सरकारले यस योजनाबाट उपभोक्तामा सक्कली बिल लिने बानीको विकास हुनुका साथै कर छलि नियन्त्रण, कारोबारको पारदर्शिता वृद्धि र राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ।

सरकारले योजनाको विस्तृत कार्यान्वयन प्रक्रिया तथा सहभागी हुने मापदण्ड कार्यविधिमार्फत सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...