CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंकद्धारा देशभर सात नयाँ शाखाहरूको उद्घाटन

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो शाखा विस्तारको क्रममा देशभर सात नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ। यस शाखा विस्तारको उद्देश्य ग्राहकहरूलाई सहज र सुलभ बैंकिङ सेवा प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउनु हो।

यस उद्घाटन समारोहको नेतृत्व बैंकका अध्यक्ष श्री जयती बन्सलले काठमाडौंको कर्पोरेट कार्यालयबाट भर्चुअल माध्यममार्फत गर्नुभएको थियो। तनहुँको दुलेगौंडा शाखाको उद्घाटन भने भौतिक रूपमा गरिएको हो। अन्य शाखाहरू दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार, र सुनसरीको दुहबीमा सञ्चालनमा आएका छन्।

कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार दे, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक श्री रितेश सिन्हा, संचालक श्री पिनाकी नाथ बनर्जी, र अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले हाल देशभर १२१ शाखा, ३२ एक्स्टेन्सन काउन्टर, ७५ शाखारहित बैंकिङ सेवा इकाईहरू, ४ प्रादेशिक कार्यालय, र २ कर्पोरेट कार्यालय मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

नयाँ शाखाहरूले स्थानीय ग्राहकहरूलाई थप सहजता प्रदान गर्नुका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई वरिष्ठ अधिकारी पदोन्नति

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई...

वि.सं.२०८३ साउन ५ मंगलवार १०:११

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ...

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन,...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५२

  चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित...

वि.सं.२०८३ साउन ४ सोमवार २२:४६

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...