IME Life
NIMB

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा त्रुटी औल्याइदिएका निश्चित ब्याच नम्बरका उत्पादनहरू बजारबाट फिर्ता लिएको छ ।

चाउचाउ उत्पादन क्रममा सिमित ब्याचमा सामान्य त्रुटी भएको विभागले औल्याएपछि सीजी फुड्सले यस्ता उत्पादन बजारबाट तत्कालै फिर्ता लिई उपभोक्ताका लागि बजारमा गुणस्तीय उत्पादन रहेको सुनिश्चित गरेको हो ।

विभागले गोलमोल इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2D, २०८३.०१.११, वाइवाइ फुल मिल इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–२०२६–०५–१४, प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2,C,२०८३.०१.२८ र मामा इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–२०२६–०५–१३ मा त्रुटी औल्याएको थियो । विभागले त्रुटी औल्याउनासाथ सीजी फुड्सले यि ब्याचका उत्पादन बजारबाट फिर्ता लिएको हो ।

‘हामीले गुण नियन्त्रण विभागद्वारा गुणस्तरमा सामान्य त्रुटी औल्याइएका ब्याचहरू बजारबाट तत्कालै फिर्ता लिने निर्णय गरिसकेका छौँ ।

बजारमा रहेका हाम्रा उत्पादनहरू गुणस्तर सुनिश्चित गरिएका छन् ।’, सीजी फुड्सले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘साढे चार दशकदेखि सीजी फ्‌ड्सका उत्पादनहरु उच्च गुणस्तरका कारण उपभोक्ताका सर्वप्रिय ब्राण्ड बनेका हुन् ।

हामी उपभोक्ताप्रति अत्यन्तै जिम्मेवार छौँ र साना तिना त्रुटीहरुमा पनि विल्कुलै कम्प्रमाईज गर्दैनौँ ।’
सीजी फुड्सले यो त्रुटी बर्दियास्थित प्लान्टबाट उत्पादित एवं सोही सिमित एरियामा वितरित वस्तुहरुमा मात्रै रहेको र यसलाई तत्कालै निराकरण गरिएको पनि स्पष्ट पारेको छ ।

यस बाहेक नेपालका अन्य कुनै पनि क्षेत्रका बजारमा समस्या नरहेको र नियोजित रुपमा फैलाउन सकिने भ्रममा विल्कुलै नपर्नुहुन पनि सीजी फुड्सले आफ्‌ना उपभोक्तासमक्ष अपिल गरेका छ ।

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:०९

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा...

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५४

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:१२

  काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...