IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

NIMB
Himalayan Bank

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसन द्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।

नवनिर्मित आवासीय भवनले ६० जना सम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण बसोबासको वातावरण प्रदान गर्नेछ। भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधाहरू समावेश गरिएका छन्। यसअघि फाउन्डेसनले सानो भाडाको घरबाट सीमित स्रोत–साधनका बीच सेवा सञ्चालन गर्दै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार भएको छ।

यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली ज्यूले भन्नुभयो, “नेपाल लाइफले व्यावसायिक सफलतालाई मात्र होइन, समाजमा सिर्जना गर्न सक्ने सकारात्मक प्रभावलाई पनि वास्तविक सफलताको मापदण्ड मान्दै आएको छ। त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा तथा आत्मनिर्भर जीवनतर्फ अग्रसर हुने अभियानमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित महसुस भएको उहाँले बताउनुभयो। ”
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अग्रणी जीवन बीमा कम्पनी हो। जिम्मेवार व्यावसायिक अभ्यास तथा प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत कम्पनीले जीवन सुरक्षासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:१२

  काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...