NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २७ बुधवार

skip this leapmotornepal (citroen)

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई वरिष्ठ अधिकारी पदोन्नति

NIMB
leapmotornepal (citroen)

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यले दुई वरिष्ठ अधिकारीलाई पदोन्नति गरेको छ।

बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकारी (डीसीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

दुई दशकभन्दा बढी बैंकिङ अनुभव भएका अर्यालले काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका छन्। उनले कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। यसअघि उनी सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारीमा कार्यरत थिए।

त्यसैगरी, चार्टर्ड एकाउन्टेन्ट सुभाष जमरकटेलले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट सीए, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुनमा स्नातक तथा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन्।

बैंकका अनुसार अर्याल र जमरकटेल दुवैले आफ्नो बैंकिङ यात्रामा उल्लेखनीय व्यावसायिक सफलता हासिल गर्दै नेपाली वित्तीय क्षेत्रमा सक्षम, अनुभवी र सफल बैंकरका रूपमा पहिचान स्थापित गरेका छन्। बैंकले उनीहरूको नेतृत्वबाट संस्थागत क्षमता, सेवा गुणस्तर तथा व्यवसाय विस्तारमा थप सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:४७

  अपडेटेड एट्टो १, न्यु एट्टो २ एसेन्सियल र २०२६...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:०९

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा...

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५४

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:१२

  काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...