NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

बैंकार मनोज ज्ञवालीको विश्लेषण ‘लकडाउन र बैंकिङ’

NIMB
leapmotornepal (citroen)


७६काठमाडौं,११चैत:नेपाल सरकारले अत्यन्त सुझबुझका साथ चैत्र 18 गतेसम्मका लागी लकडाउन गर्ने ब्यबस्था गर्यो। यो ब्यबस्था संक्रामक रोग ऐन, 2020 को दफा 2 बमोजिम गरिएको हो। ऐन बनेको 56 बर्षमा पहिलो पटक यो ब्यबस्था प्रयोग गर्नुपर्ने स्थीती किन आयो भनेर मनन गर्नु पर्ने देखिन्छ। सरकारको पहिलेको निर्णयमा आवश्यक सेवा संचालनमा राख्ने गरी आएको थियो भने अहिले केहि सेवाहरु तोकेर निर्णय गरिएको छ।


आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामानहरु ओसार पसार गर्ने यातायात सेवा पनी आवश्यक सेवामा पर्दछन तर बन्द गरिएको छ। बैकिङ भन्दा अती आबश्यक सेवा पनी यसरी बन्द गरिएको संक्रामक रोग ऐन 2020 अन्तर्गत हो तर बैकिङ खोल्ने नखोल्ने भनेर हिजोबाट यति धेरै confusion भएको अबश्था छ।
यस सन्दर्भमा संक्रामक रोग ऐन, २०२० को दफा मा विशेष व्यवस्था गर्ने अधिकार को उपदफा 3 मा निम्न कुरा उल्लेख छ।


” सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने सफरगर्ने यात्रुको जांचबुझ गर्न र त्यस्ता पशु, पंक्षी वा यात्रुलाई कुनै संक्रामक रोग लागेकोछ भन्ने शङ्का लागेमा जांचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानहरूमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरू जारी गर्न सक्नेछ ।”


आवश्यक सेवा सञ्चालन ऐन, 2014 को दफा 7 मा अरु नेपाल कानूनसँग बाझिएमा गर्ने सम्बन्धमा यस्तो ब्यबस्था छ:
“प्रचलित नेपाल कानूनमा जे सुकै लेखिएको भए तापनि यो ऐन र यस ऐन अन्तर्गत निकालिएको आदेशमा लेखिएकोमा सोही बमोजिम रअरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।”


यति प्रष्ट ब्यबस्था र सरकारी निर्णय हुदाहुदै पनी COVID -19 सर्ने धेरै सम्भावना भएको नगद समात्न र दिन बैकका कर्मचारी पैदल भएपनी पठाउनु पर्ने जस्तो देखिनु र कर्मचारीहरुमा त्रास र अन्यौलको स्थीती सृजना हुनु राम्रो देखिदैन।


बैक खोले पनी हिजो भएको सरकारी निर्णयमा ‘पैसा निकाल्न र जम्मा गर्न आवत जावत गर्न पाईने’ उल्रेख छैन मतलब उक्त प्रयोजनको लागी बैंक ग्राहक पुग्ने स्थीती छैन भने किन बैंकको शाखाहरु कर्मचारीको त्रास र भाईरसको जोखिम सहित खोल्नु पर्ने भो र? भुक्तानी सेवा महत्वपुर्ण छ तर त्यसकोलागी बैकल्पीक उपायहरु धेरै दिईसकिएको छ। ATM मा withdrawl limit बढाईसकिएको छ भने राष्ट्र बैकले पनी digital payment को सिमा बढाएर निर्दैशन जारी गरिसकेको छ।

आपदविपदमा उधारो मै लिएर पनी सामान किन्न सक्ने स्थीती हुन्छ भने सबै अस्पतालहरुमा debit card र credit card मार्फत भुक्तानी हुन्छ नै। चेकको भुक्तानी पनी राष्ट्र बैकले गरेको व्यबस्था पश्चात विश्वसनीय भैसकेको छ। जम्मा गर्नुपर्ने पैसा 6-7 दिन घरमा राख्दा आपद नै पर्दैन यसैले COVID-19 को सम्भावित जोखिम र हाम्रो सेवा सुचारु सम्बन्धी व्यबस्थामा छलफल गरी निर्णय गर्नुपर्छ; यदि गर्ने परेमा।

हालको निर्णय अनुसार स्वास्थ र खाधान्न को प्रयोजन बाहेक नागरिक हरु बाहिर निस्किन मिल्दैन। यदि बैंक खोल्नु नै पर्ने भएमा तत्सम्बन्धमा ब्यबस्था गरेर राष्ट्र बैंकको विवेकी र प्रष्ट निर्दैशन जरुरी देखिन्छ।
समयमै सचेत होउं, पछि पछुताएर केहि हुने छैन। सरकारको निर्णय स्वागत योग्य छ, सबै नागरिकले पालन गरौं।


एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...