CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

१९ वर्षीया युवती संक्रमणमुक्त,२७ दिन पछि घर फर्किएकी छिन्

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७७काठमाडौं,६वैशाख:कोरोना भाइरस संक्रमित दोस्रो बिरामी निको भएकी छन् । उनले कोरोनाबाट बच्न सेल्फ आइसोलेसन सबैभन्दा महत्वपूर्ण भएको बताएकी छन् ।

२७ दिन लामो अस्पताल बसाईंपछि निको भएर डिस्चार्ज भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनी शनिबारको नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक भएकी हुन् ।

‘संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन सबैभन्दा महत्वपूर्ण कुरा हो’, उनले भनिन्, ‘म पनि सेल्फ आइसोलेसनमा बसेकै कारण मेरो परिवारमा यो संक्रमण हुन पाएन्।’

कतारको दोहा हुँदै काठमाडौं फर्किएकी युवतीका अनुसार उनका भियतनामी साथीलाई कोरोना देखिएपछि उनी परीक्षणका लागि अस्पताल गएकी हुन्। ‘नेपाल आएको चौथो दिनमा भियतनामी साथीले आफूलाई कोरोना पोजिटिभ भएको बताएपछि म टेकुँ आए’, उनले भनिन्, ‘त्यो बेला लक्षण थिएन । मलाई भएको शंका थिएन। तर, दुई दिनपछि मलाई पनि पोजिटिभ देखिएको थियो। ’

उनले अस्पताल बस्दा चिकित्सक र नर्सले व्यवसायिक मात्र नभएर व्यक्तिगत रुपमै धेरै सहयोग गरेको बताइन्। ‘अस्पतालमा २७ दिन बसेँ। मेरो यहाँ रिपोर्ट आए लगत्तै डाक्टरले सजिलोका लागि घरमै एम्बुलेन्स पठाउनुभयो ’, उनले भनिन्, ‘डाक्टर र नर्सले व्यवसायिक मात्र नभएर व्यक्तिगत रुपमै पनि सहयोग गर्नुभएको छ।’

उनले आइसोलेसनमा उपचार गराउँदा विशेष सहयोग गर्ने डा। सागर राजभण्डारी र डा। अनुप बाँस्तोलालाई धन्यवाद दिएकी छन्। ‘यो समयमा म उपचारमा संलग्न डा। सागर राजभण्डारी र डा। अनुप बाँस्तोलालाई विशेष धन्यवाद दिन्छु।’

उनले उपचारका क्रममा अस्पतालमा केही कमी महसुस नगरेको बताइन्। सँगै उनले आफूलाई संक्रमण देखिएको केही दिन पछाडिमात्र लक्षण देखिएको सुनाएकी छन्।
‘उपचारका क्रममा अस्पतालमा मैले त्यस्तो केही पनि कमी महसुस गरिन्’, उनले भनिन्, ‘संक्रमण भएपछि टेकु आएको एक दुई दिनपछि लक्षण देखिन थाल्यो। सास फेर्न अप्ठेरो भएको थियो। पेटमा दुखाई थियो। थकाइ लाग्थ्यो, खोकी लाग्थ्यो।’

उनले आफू सेल्फ आइसोलेसनमा बसेकाले आफूबाट अरुमा कोरोना फैलिन नपाएको अनुभव साट्टै यस्तै सुविधा सबैलाई पुर्याउन सरकारसँग मागसमेत गरेकी छन्।

‘म सेल्फ आइसोलेसनमा बसेकाले मबाट यो अरुमा फैलिन पाएन। धेरै मानिसलाई मलाई जस्तो सुविधा छैन’, उनले भनिन्, ‘सरकारले धेरै गरेको छ। सुविधा नपाउने सबैलाई सुविधा पुर्याउन सरकारसँग अनुरोध गर्छु।’

उनले डिस्चार्ज भएपछि अन्य संक्रमितलाई आत्मविश्वास दह्रो पारेर बस्न सुझाव दिइन्। ‘दृढताका साथ अस्पताल बस्नुहोस्। केही समय लाग्ला तर केयर भइरहेको छ भने निको हुन्छ’, उनले भनिन्, ‘आत्मबल बढाएर आफ्नो ख्याल आफै गर्नुहोस्, ठिक हुन्छ।’

सँगै उनले भविष्यमा कोरोना रोकथामकै लागि समाजमा योगदान गर्नेसमेत बताएकी छन्। ‘मेरो रिकभरी मेरोलागि ठूलो मौका हो’, उनले भनिन्, ‘अब म समाजलाई योगदान गर्न सक्छु। म कोरोना भाइरस नियन्त्रणका लागि नै काम गर्छु।’

नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किने उनी दोस्रो व्यक्ति हुन्। यसअघि गत माघ ९ गते पहिलो पटक नेपालमा कोरोना देखिएका युवकको डिस्चार्ज भएको थियो। अहिलेसम्म नेपालमा ३० जनामा कोरोना पुष्टि भएको छ।

शनिबार डिस्चार्ज भएकी युवती स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन्। उनमा चैत १० गते कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। उनी पूर्ण निको भएर डिस्चार्ज भएकी हुन्। उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन्।

उनीसँगै कतार एयरवेजको क्यूआर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुईजनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरुको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पवक्ता डा। विकास देवकोटाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। जसमध्ये दुईजना निको भएर डिस्चार्ज भएका छन् भने अन्य २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...