CG Electronics
IME Life
NIMB

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, वैशाख ३१, २०८३ – भिभोले नेपाली बजारमा आफ्नो नयाँ २०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप स्मार्टफोन भिभो भी७० एफई सार्वजनिक गरेको छ ।

यात्राका विशेष क्षण, साथीभाईसँगका भेटघाट तथा दैनिक जीवनका यादगार पलहरूलाई स्पष्टसंग कैद गर्न चाहने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको यो स्मार्टफोन ट्राभल कम्प्यानियनको रूपमा प्रस्तुत गरिएको छ ।

भिभो भी७० एफईको मुख्य आकर्षण भनेको यसको २०० एमपी ओआईएस अल्ट्रा–क्लियर क्यामेरा हो, जसले यात्रा, प्राकृतिक दृश्य तथा समूह तस्बिरहरूलाई उत्कृष्ट डिटेलसहित कैद गर्दछ ।

यससँगै ३२ एमपी एचडी सेल्फी क्यामेराले फराकिलो फिल्ड अफ भ्यू प्रदान गर्दै ग्रुप सेल्फी तथा भिडियो कललाई अझ सहज बनाउँदछ । साथै, अगाडि र पछाडिका दुवै क्यामेरामा उपलब्ध ४के स्टेबल भिडियो रेकर्डिङको सुविधाले प्रयोगकर्तालाई उच्च गुणस्तरमा भिडियो खिच्न तथा तुरुन्तै शेयर गर्न सक्षम बनाउँदछ ।

फोटोग्राफी अनुभवलाई अझ सक्षम बनाउन स्मार्टफोनमा नयाँ एआई इमेजिङ फिचरहरू समावेश गरिएको छ । एआई म्याजिक ल्याण्डस्केपद्वारा सञ्चालित सिग्नेचर स्नो टाउन र अरोरा इफेक्टले उपयुक्त अवस्थाहरूमा सामान्य दृश्यलाई पनि आकर्षक सिनेम्याटिक फ्रेममा रूपान्तरण गर्न सक्छ ।

एआई म्याजिक वेदर लगायत अन्य एआई फिचरहरूले सामान्य तस्वीरलाई पनि सहज रूपमा सिनेम्याटिक तथा सोसल–मिडिया रेडी बनाइदिन्छन् ।

आकर्षक डिजाइनका हिसाबले पनि भिभो भी७० एफई प्रिमियम स्मार्टफोनको रूपमा प्रस्तुत गरिएको छ । ओसियन ब्लु र म्युज पर्पल कलर विकल्पमा उपलब्ध यो स्मार्टफोनले विभिन्न जीवनशैली र व्यक्तित्वसँग मेल खाने नयाँ तथा आकर्षक डिजाइन अनुभव प्रदान गर्छ ।

स्मार्टफोनको क्यामेरा मोड्युल वरिपरि रहेको डायनामिक रिङ डिजाइनले प्रिमियम तथा आधुनिक लुक थपेको छ ।

फ्ल्यागशिप डिजाइनबाट प्रेरित यस डिभाइसमा १.८६ एमएमको अत्यन्त पातलो बेजल र ७.५९ एमएमको अल्ट्रा–थिन फ्ल्याट स्क्रिन समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई अझ इमर्सिभ भ्यूइङ अनुभव दिनुका साथै सहज इन–ह्यान्ड फिल पनि प्रदान गर्छ ।
व्यस्त दैनिक जीवनशैली र निरन्तर कन्टेन्ट शेयरिङलाई ध्यानमा राखेर डिजाइन गरिएको भिभो भी७० एफईमा विशाल ७००० एमएएचको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज टेक्नोलोजी समावेश गरिएको छ ।

यसले लामो समयसम्म भरपर्दो प्रयोग अनुभवका साथै छिटो चार्जिङ सुविधा प्रदान गर्छ, जसले फोटोग्राफी, ब्राउजिङ, मनोरञ्जन तथा सामाजिक सञ्जाल प्रयोगलाई अझ सहज बनाउँछ । साथै, स्मार्टफोनमा रहेको १.५के इन्फिनिटी एमोलेड डिस्प्लेले फोटो तथा भिडियोहरूलाई जीवन्त र प्राकृतिक रंगसहित प्रस्तुत गर्छ ।

भिभो भी७० एफईमा दुई भेरियन्टमा उपलब्ध छ ः

  •  ८ जीबी + २५६ जीबी – रु. ६२,९९९
  •  १२ जीबी + २५६ जीबी – रु. ७२,९९९

स्मार्टफोन नेपालभरका भिभो रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्म मार्फत खरिदका लागि उपलब्ध छ ।
भिभोे भी७० एफईलाई थप आकर्षक बनाउन भिभोले विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १,००० ग्राहकले एङ्कर साउन्डकोर पी२०आई इयरबड्स निःशुल्क प्राप्त गर्नेछन् ।

त्यसैगरी, भिभोेले पहिलो २,००० ग्राहकहरूका लागि मात्र रु. १९९ मा भिभोे सिल्ड प्रोटेक्सन प्लान उपलब्ध गराएको छ जसमा ग्राहकले ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र एकपटकको वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्नेछन् ।

ग्राहकहरूले भी७० एफईलाई १२ महिनाको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन् ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...