NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।

बुधबार सम्पन्न सम्झौतामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठ ले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार देशभरका जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोडमार्फत जल तथा मौसमजन्य विपद्को पूर्वसूचना तथा आवश्यक जानकारी एसएमएसबाट पठाइनेछ। यसअन्तर्गत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, तातो हावाको लहर (लु), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोजस्ता प्रकोपको पूर्वसूचना उपलब्ध गराइनेछ।

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपाल टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्र तथा सम्भावित जोखिमयुक्त स्थानका एसएमएस पोलिगन (SMS Polygon) उपलब्ध गराउनेछ। यसमा पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकालीलगायत नदी प्रणालीका तटीय क्षेत्रका नक्सासहित स्थानीय तह, जिल्ला तथा आकस्मिक बाढीको जोखिम भएका क्षेत्रका नक्सा समावेश रहनेछन्। आवश्यकताअनुसार अन्य उपयुक्त भौगोलिक नक्सासमेत उपलब्ध गराइने विभागले जनाएको छ।

नेपाल टेलिकमले यो सेवा विगतदेखि नै निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ। यसका लागि कम्पनीले पहिले उपलब्ध गराउँदै आएको ७०० वटा डाटा सहितको सिममा थप १०० वटा सिम उपलब्ध गराएर कुल ८०० वटा निःशुल्क सिम विभागलाई उपलब्ध गराउने भएको छ।

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागले संयुक्त रूपमा २०७३ सालदेखि मौसमजन्य विपद्को पूर्वसूचना सेवा सञ्चालन गर्दै आएका छन्। दुवै पक्षले यस सेवाले विगतमा लाखौँ नागरिकलाई समयमै सूचना पुर्‍याएर लाभान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन भइरहेको यस सेवाले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...