NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष अजोड श्रेष्ठ ले गरेका थिए।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिबाट प्रस्तुत सबै सामान्य तथा विशेष प्रस्तावहरू पनि अनुमोदन भएका छन्।

सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

कम्पनीका अनुसार सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि बोनस शेयर जारी गरिनेछ। त्यसपछि कम्पनीको जारी तथा चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

२०८३ साल जेठ मसान्तसम्म कम्पनीले प्रधान कार्यालय, प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउन्टरसहित १०४ वटा सेवा केन्द्रमार्फत देशभर बीमा सेवा प्रदान गरिरहेको जनाएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष अजोड श्रेष्ठ ले कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा व्यवसाय विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा शेयरधनीलाई अझ राम्रो प्रतिफल प्रदान गर्ने लक्ष्यका साथ कम्पनी अघि बढ्ने बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई ले ग्राहककेन्द्रित सेवा, प्रविधिमैत्री बीमा सेवाको विस्तार तथा व्यवसायिक उत्कृष्टतालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ मा व्यवसाय विस्तार, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र शेयरधनीलाई अपेक्षित प्रतिफल प्रदान गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढिरहेको बताए। उनले गुणस्तरीय, भरपर्दो तथा छिटोछरितो बीमा सेवा प्रदान गर्दै कम्पनीलाई अझ सुदृढ र प्रतिस्पर्धी बनाइने प्रतिबद्धता व्यक्त गरे।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...