NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स् बीच रणनीतिक साझेदारी

NIMB
leapmotornepal (citroen)

सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि मिनर्जी इन्निसियटिभ्ससंग रणनितीक परियोजनाका लागि संझौता गरेको छ ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यबस्थापन अधिकृत श्री चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष्य श्री श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । पर्यावरण तथा हरित बैकिङ्ग प्रवद्र्धनमा केन्द्रित यो संझौतामा समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्ष्यित समुदाय अनुरुप क्षमता अभिबृद्धि गर्दै विभिन्न आयमहरुमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ ।

“अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,” बैंकको दिगो बैंकिङ्ग विभागका प्रमुख श्री अर्पण पौडेलले भन्नुभयो । “यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।”

नेपालका अग्रणी वित्तीय संस्थाहरुमध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजानेछ । हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ्ग एकाइ र १,२३३ पीओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । साथै, आफ्नो ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक, र मिनर्जी इन्निसियटिभ्सबीचको यो सहकार्यले हरित बित्त प्रवद्र्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्वपुर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...