nic bank
himalayan everesat
Nmb bank

प्रदेश नं १ समाचार : कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

७७मङ्गलबारे, ७ वैशाख: इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो ।

लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो ।

सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ । साथै गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।

कोरोना कोषमा जिल्ला समन्वय समितिका पदाधिकारीको सहयोग

खोटाङ ः जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीले आफ्नो सेवा सुविधावापतको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री र अन्य सात सदस्यले आफ्नो सेवासुविधावापतको रु एक लाख पाँच हजार रकम प्रदेश सरकारको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका हुन् ।

जिसस प्रमुख चाम्लिङले चैत महिनाको १५ दिनको रु २२ हजार र उपप्रमुख खत्रीले १५ दिनको रु २२ हजार ५०० तथा अन्य सात सदस्यले १२ दिनको रु आठ÷आठ हजारका दरले कोषमा रकम जम्मा गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा जुटेको प्रदेश सरकारको अभियानमा सघाउ पु¥याउन सेवासुविधावापतको रकम जम्मा गरिएको प्रमुख चाम्लिङले बताउनुभयो ।

सेवासुविधावापतको रकम प्रदेश नं १ जनसुरक्षा कोषको नाममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खोलिएको खातामा जम्मा गरिएको जनाइएको छ । जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिले पनि आफूले राज्यबाट पाएको सेवासुविधावापतको रकम कोषमा जम्मा गरिरहेका छन् । यसअघि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले एक महिनाको सुविधा जम्मा गर्ने घोषणा गर्नुभएको थियो । त्यसयता जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आआफ्नो क्षेत्रमा कोष स्थापना गरेर जम्मा गरिरहेका छन् ।

भीडभाड बढेपछि तरकारी बजार पनि बन्द

ओखलढुङ्गा : ओखलढुङ्गा सदरमुकाममा लाग्ने नियमित हाटबजार पूर्णरूपमा बन्द गरिएको छ । सदरमुकाममा सातामा दुई दिन बुधबार र शनिबार लाग्दै आएको नियमित हाटबजार मानिसको धेरै भीड भएको र यसले कोरोनाको जोखिम बढाउने भन्दै शनिबारबाट पूर्णरूपमा बन्द गरिएको हो ।

कोरोनाको सङ्क्रमण शुरु भएसँगै सिद्धिचरण नगरपालिकाले तरकारी र खाद्यान्नबाहेकका सामग्री हाटबजारमा किनबेच गर्न रोक लगाएको थियो । तरकारी र खाद्यान्नको कारोवारका लागि मात्रै पनि सयौँको सङ्ख्यामा मानिस भीड लाग्न थालेपछि नगरपालिकाले कोरोनाको त्रास नघट्दासम्म बजार लाग्न नदिने निर्णय गरेको नगरप्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । अबका दिनमा हाटबजार क्षेत्रमा पसल राखेर बेच्न नपाइने उहाँको भनाइ छ ।

बजारसम्म ल्याउने व्यवसायीले तरकारी र खाद्य सामग्री मागअनुसार घरघरमै पु¥याएर सहयोग गर्न सक्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । छिमेकी जिल्ला उदयपुरमा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै थप सतर्कताका लागि पनि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । लकडाउनका बेला बजारमा मानिसको चहलपहल बढेको भन्दै स्थानीयवासीले हाटबजार पूर्णरूपमा बन्द गर्न माग गरेका थिए ।
––– (रासस)

स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं : सामान्य प्रशासनमन्त्री जोशी

स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं...

वि.सं.२०८० फागुन २९ मंगलवार १९:५३

  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले...

स्थानीय निकायको प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा सिफारिस

स्थानीय निकायको प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा...

वि.सं.२०८० माघ २९ सोमवार १७:१६

  विराटनगर । कोशी प्रदेश सरकारले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख...

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो,...

वि.सं.२०८० माघ ११ बिहीवार २३:२७

  काठमाडौं । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा...

राष्ट्रिय सभामा विजयीहरु (सूचीसहित)

राष्ट्रिय सभामा विजयीहरु (सूचीसहित)

वि.सं.२०८० माघ ११ बिहीवार २३:२१

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९...

राष्ट्रिय सभा निर्वाचन : वाग्मतीका चारै सीटमा गठबन्धन

राष्ट्रिय सभा निर्वाचन : वाग्मतीका चारै सीटमा...

वि.सं.२०८० माघ ११ बिहीवार २३:०६

  हेटौंडा । वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चार सीटमा...

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा सत्ता गठबन्धन

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा...

वि.सं.२०८० माघ ११ बिहीवार २३:०३

  काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना...