CG Electronics
IME Life
NIMB

भारतका बरिष्ठ पत्रकारले आजतक मिडियाबाट भनिदिए लिम्पियाधुरासम्म नेपालकै भूमि हो

NIMB
Himalayan Bank

काठमाडौं –कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने सबैलाई थाहाँ भैसक्यो । यी भूमिहरुमा भारतले जबरजस्ती कब्जा जमाएर बसेको छ । नेपालले वर्षौदेखि प्रयास गर्दै आए पनि भारतले नेपाललाई टेर्न छोडेको छ । यो बीचमा नेपाल पनि एक्सनमा आएको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको खुलासा गर्नुभएको छ ।

 

भारतीय चर्चित टेलिभिजन आजतक अन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उहाँले यस्तो बताउनु भएको हो । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतकमार्फत सार्वजनिक गर्नुभएको हो । उहाँले यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, कालापानी नेपालको हिस्सा हो ।

 

सन् १९६२ मा चीनसँग यु–द्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो । तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो ।’ कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उहाँले खुलासा गर्नुभएको छ ।

दुवै देशका सरकारले यसको समाधानका लागि वास्ता नगरेको भन्दै वार्तामा बसेर यसको समाधान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ यो मात्रै होईन भारतले आफ्नो रवैया सुधार नगरे नेपाल कतै ढल्किन सक्ने दावा पनि गर्नुभएको छ ।

 

उहाँका अनुसार अहिले भारत नेपाल चीनतर्फ ढल्किरहेको अनुमान गरिरहेको छ । उहाँले भारतको रवैया यस्तै रहेमा नेपाल सहयोगका लागि चीनतर्फ ढल्किन सक्ने कुरामा उहाँले आशंका व्यक्त गर्नुभयो । भारतीय विज्ञहरुले पनि वार्ताबाट तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं आएका छन् ।

 

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...