nic bank
himalayan everesat
Nmb bank

जेठ २१ देखि निजी विद्यालयमा भर्ना

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन )एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।

ती संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही जेठ १३ गतेको राष्ट्रका नाममा भएको सम्बोधनमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालनको काम अगाडि बढाउने घोषणा गर्नुभएको हुनाले बन्दाबन्दीपछि परिवर्तित सम्दर्भमा सामाजिक दूरी कायम राखी विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्न आफ्ना शिक्षक तथा कर्मचारीलाई उपस्थित गराउने भएको हो तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारे कुनै निर्णय गरेको छैन ।

मन्त्रालयको निर्णयपछि मात्रै सबै सामुदायिक विद्यालयमा समेत भर्ना खुल्नेछ । मन्त्रालयले गत वैशाख २२ गते विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्म कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नलिन अपिल गरेको थियो । मन्त्रालयले भर्ना वा अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको थियो ।

निजी विद्यालयका सञ्चालको संस्थाले त्यहाँका शिक्षक कर्मचारी विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीलाई तालीम÷अभिमुखीकरणका लागि व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध पनि गरेको छ ।

ती संस्थाले सरकारी निकायबाट पाठ्यपुस्तकको ढुवानी निर्वाध गराउन, भर्चुअल/अनलाइन कक्षालाई औपचारिक कक्षाका रुपमा परिभाषित गर्न, नियमित शिक्षालाई जस्तै मान्यता दिन त्यसका लागि आवश्यक सामग्री आयातमा छुट, विद्युत् महसुल र इन्टरनेट शुल्कमा छुट तथा सहुलियत दिन पनि माग गरेका छन् । निजी विद्यालयले पाठ्यभार पूरा भएमा शुल्क निर्धारणका लागि त्यसलाई समेत आधार मान्न आग्रह गरेका छन् । रासस

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ : मन्त्री श्रेष्ठ

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४४

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन...

नेपालका ४३ विद्यार्थीद्वारा क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन

नेपालका ४३ विद्यार्थीद्वारा क्याम्ब्रिज इन्टरनेशनल एएस र...

वि.सं.२०८० चैत १२ सोमवार २२:१५

  काठमाडौँ । क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज...

इक्यानको ‘एडुक्लेभ २.०’ सम्पन्न, बाहिरको शिक्षालाई विरोधभन्दा सदुपयोग गर्न जाेड

इक्यानको ‘एडुक्लेभ २.०’ सम्पन्न, बाहिरको शिक्षालाई विरोधभन्दा...

वि.सं.२०८० चैत ८ बिहीवार ०८:३०

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा आयोजित ‘एडुक्लेभ...

होस्टलमा बस्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ

होस्टलमा बस्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ

वि.सं.२०८० फागुन ३० बुधवार २१:१७

  विराटनगर । आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुव्र्यवहार...

नामीमा दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थी दीक्षित

नामीमा दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थी...

वि.सं.२०८० फागुन १७ बिहीवार ०८:०३

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा (नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट)...

त्रिविको आमसञ्चार केन्द्रीय विभागले नयाँ भवन पायो

त्रिविको आमसञ्चार केन्द्रीय विभागले नयाँ भवन पायो

वि.सं.२०८० फागुन ३ बिहीवार १०:२३

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राडा शिवलाल भुसालले पत्रकारिता...