CG Electronics
IME Life
NIMB

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएबीच सहकार्य

NIMB
Himalayan Bank

 

पोखरा । ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गत सञ्चालनमा रहेको ब्रिटिश प्रोफेशनल कलेजले आइएफआरएस र एनएफआरएस सम्बन्धी एकाउन्टिङ शिक्षक कार्यशाला आयोजना गर्ने घोषणा गरेको छ ।

काठमाडौँमा प्लाटिनम स्तरको एसीसीए प्रदायकका रूपमा उच्च गुणस्तरीय एसीसीए शिक्षा र विद्यार्थी सफलताका लागि परिचित ग्रुपले एसीसीएसँगको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा आइएफआरएस र एनएफआरएस सम्बन्धी एकाउन्टिङ शिक्षक कार्यशाला आयोजना गर्ने घोषणा गरेको हो ।

कार्यशाला २०२६ जुन ६ मा आयोजना हुनेछ । यसले उच्च माध्यमिक तहका शिक्षकहरूको प्राविधिक क्षमता सुदृढ गर्ने लक्ष्य राखेको छ ।

विशेषगरी अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड आइएफआरएस र नेपाल वित्तीय प्रतिवेदन मापदण्ड एनएफआरएसका क्षेत्रमा भइरहेको तीव्र परिवर्तनलाई ध्यानमा दिइएको छ । प्राविधिक सत्रको नेतृत्व एफसीसीएका लागि बिक्रान्त आचार्यले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

उक्त सत्रमा आइएफआरएस र एनएफआरएस समकालीन एकाउन्टिङ अभ्यास तथा वित्त र व्यावसायिक शिक्षाको नयाँ प्रवृत्तिहरूमा गहिरो छलफल गराउनेछन् । कार्यक्रमले शिक्षकहरूबीच नेटवर्किङ र ज्ञान आदानप्रदानको महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । जसले नेपालभर एकाउन्टिङ शिक्षाको गुणस्तर सुधार गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।

ब्रिटिश एजुकेशन ग्रुपका प्रोफेशनल एजुकेशन प्रमुख दिपेन्द्र के श्रेष्ठले प्लाटिनम स्तरको प्रदायकका रूपमा बिपीसी र बीइजी व्यावसायिक शिक्षामा नयाँ मापदण्ड स्थापित गर्न प्रतिबद्ध रहेको बताए । ‘यस कार्यशालामार्फत हामी कक्षाकोठाको शिक्षालाई विश्वव्यापी उद्योग मापदण्डसँग जोड्ने प्रयास गर्दैछौं, जसले पोखराका शिक्षकहरूलाई विश्वस्तरीय प्रशिक्षण प्रदान गर्न सक्षम बनाउनेछ,’ उनले भने ।

ब्रिटिश प्रोफेशनल कलेज ब्रिटिश एजुकेशन ग्रुपमा काठमाडौँस्थित द ब्रिटिश कलेजलगायत नेपाल, क्यानडा, बेलायत र यूएईका विभिन्न शैक्षिक संस्थाहरू समावेश छन्। ब्रिटिश प्रोफेशनल कलेज तथा व्यावसायिक एकाउन्टेन्सी शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी संस्थाका रुपमा मानिन्छ ।

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...