CG Electronics
IME Life
NIMB

शाओमीद्वारा रेडमी नोट ९ प्रो नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं – विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ताको घोषणा गरेको छ ।
टेक्नोलोजिकल विकासलाई बढावा दिदँै स्थानीय रूपमा अभिग्रहण गर्ने लक्ष्यको साथ, रेडमी नोट ९प्रो ले आईएसआरओको नेभिगेसन प्रणाली, न्याभइकलाई सपोर्ट गर्दछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले “रेडमी नोट सिरिज सबैका लागि आविष्कारको प्रेरक बनेको छ । रेडमी नोट ८ सिरिजले रेडमी नोटको विरासतलाई निरन्तरता दिदैँ नयाँ बेन्चमार्क कायम गरेर सबै भन्दा बढि खोजिने सिरिजको रूपमा विकसित भएको छ । सन् २०१९ मा रेडमी नोट ८ विश्वव्यापी नम्बर १ एन्ड्रोइड स्मार्टफोन बनेको छ ।”
“हामी विशेष गरी रेडमी नोट ९ प्रो को लागि उत्साहित छौं, जुन वास्तवमै मी फ्यानका लागि निर्माण गरिएको हो । हामी आशा गर्दछौं कि उनीहरूले यो औरा ब्यालेन्स डिजाइन, विशाल ब्याट्री र क्वाड क्यामेरा सेट अपको उत्कृष्ट संयोजनलाई मन पराएर निरन्तर उत्कृष्ट विशेषताका साथ उच्च गुणस्तर र सुलभ मुल्यमा नविन प्रविधि भित्र्याउने हाम्रो प्रयासको प्रशंसा गर्नेछन् ।”

रेडमी नोट ९ प्रो — पर्फमेन्स बिस्ट
रेडमी नोट ९ प्रो ले यस सेगमेन्टमा अत्याधुनिक प्रदर्शन र परिष्कृत क्यामेरा अनुभव ल्याउँदै रेडमी नोट सिरिजको विरासतलाई अगाडि बढाउँछ । यो यसको मूल्य खण्डको सबैभन्दा प्रतिस्पर्धी स्मार्टफोन हो जसमा आधुनिक क्वालकम स्न्यापड्रैगन ७२०जीे विशेषता रहेको छ ।
८ एनएम प्रोसेस टेक्नोलोजीले यसलाई अन्य १२ एनएम चिपसेटहरूको तुलनामा स्थिर अधिकतम प्रदर्शनको लागि १—१.५ डिग्री कूलर चलाउन सक्षम राख्दछ । फोनले न्याभइक पनि समर्थन गर्दछ ।
रेडमी नोट ९ प्रोको ४८ एमपीको सामसुङ्ग आईसोसेल ब्राइट जीएम२ सेन्सर स्मार्ट आईएसओ जस्ता विशषताहरु ल्याएर वास्तवि ४८ एमपी फोटोग्राफी ल्याउनको लागि आफ्नो पूर्ववर्तीमा निर्माण भएको छ, र यसले कम प्रकाश जस्ता कठिन अवस्थामा अझ राम्रो फोटोहरु खिच्न सक्षम पार्दछ । ४८ एमपी सेन्सर एक ८ एमपी अल्ट्रा—वाइड एंगल लेन्स, एक २ एमपी डेप्थ सेन्सर र एक ५ एमपी म्याक्रो सेन्सर संग जोडीएको छ जसले वस्तुको २ सीएम जति नजिक पुग्न र १०८०पी म्याक्रो भिडियो समर्थन गर्न मद्दत गर्दछ । सेल्फी प्रेमीहरूको लागि, त्यहाँ फ्रन्टमा १६ एमपी सेन्सर छ ।
यसमा औरा ब्यालेन्स डिजाइन विशेषता रहेको छ जसले गर्दा रेडमी नोट ९ प्रो मा इमर्सिभ अनुभव, अवगुणरहित शिल्पकौशल र कार्यकारी डिजाइन प्रदान गर्दछ । साइड—माउन्टेड फिंगरप्रिन्ट स्क्यानरसँग नजिकै कुनै उचाईको दुरि बिना म्याट—फिनिश मिडफ्रेम हुन्छ जसले गर्दा रेडमी नोट ९ प्रो ले प्राकृतिक दृष्टिकोणको अनलकंग सुविधा प्रदान गर्दछ ।
विशेषता
गुणस्तरमा उच्च प्राथमिकताका साथ, रेडमी नोट ९ प्रो सिरिजको अगाडि, पछाडि र रियर क्यामेरा लेन्सहरूमा ट्रिपल कर्निंग गोरिला ग्लास ५ छ । यसलाई पी२आई, स्प्लेश प्रुफ न्यानो कोटिंग टेक्नोलोजीद्वारा सुरक्षित गरिएको छ जसले तिनीहरूलाई आकस्मिक पानी छल्कनुबाट बचाउँछ, र प्रबलित कर्नरहरूले दुर्घटनात्मक गिरावटको लागि उत्तम लचिलोपना प्रदान गर्दछ ।

रेडमी नोट ९ प्रो ६जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा इन्टरस्टेलर ब्ल्याक रंगमा रु २९,९९९ मुल्यमा अफलाइन स्टोरहरु, रिटेल पार्टनर र अनलाइन पार्टनरमा छिट्टै उपलब्ध हुनेछ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...