गैरराजनीतिक चरित्रहरुको कारण अहिलेको नेकपा
Friday Jul 03, 2020
वि.सं.२०७७ असार १९ शुक्रवार २०:२५
काठमाडौं – पूर्व एमालेमा समाजवादी चिन्तन भएका र पार्टीलाई दीर्घकालीन समाज बिकास अनुरुप अघि बढाउने उद्घोष सहित पार्टीको नवौं महाधिवेशनबाट (जनताको बहुदलीय जनवादू) : स्वीकारोक्तिस्आवधिक निर्वाचन, बहुदलीय प्रतिस्पर्धा, विश्व ब्यापी मान्यता अनुसारको मानव अधिकारको रक्षा , बहुमतको सरकार, अल्पमतको प्रतिपक्षी र सम्सदीय प्रजातन्त्र० बिचार दिएर परम्परागत कम्युनिष्ट पध्दतिलाई प्रजातान्त्रिक मूल्यमान्यतामा परिणत गरी नाम नेपाल कम्युनिष्ट पार्टी ९ए मा ले० रहिरहे पनि अब यो पार्टी नेपाली कांग्रेस जस्तै डेमोक्र्याट भयो, सबै बिचार पार्टी पद्धति दुबैको एउटै हो ।
तर जन स्तरमा बुझाई कम्युनिष्ट कै रहिरह्यो । विश्व समय परिस्थिति अनुरुप पार्टीलाई रुपान्तरण गरिनु नेतृत्वको चलाखीपन हो । महान नेता स्वड्ड मदन भण्डारी र ब्याबहारिक रुपमा समाजवादी जीवन शैलीका स्वड्ड मनमोहन अधिकारी,स्वड्डसहाना प्रधान लगायतको सम्मानित नेतृत्व असल थियो, बिड्डस २०५१ को नौ महिने सरकारको लोकप्रिय कामहरुले पनि उक्त पार्टीलाई उचाई दिएको थियो तर वहाँहरुको छोटो अबधिमा भौतिक जीवन अन्त्य भईसकेको , मदन(आश्रितको भौतिक जीवन त्रिसुलीमा बग्यो वा बगाईएको हो रु अझै रहस्यमय मृत्यु बनेको छ,सम्बन्धित पार्टी पटक पटक सत्तामा सयर हुँदै आएको छ , स्वयं मदन कै धर्म पत्नी यो देशको राष्ट्रपती हुँदा समेत उक्त घटनाको अनुसन्धान गर्न सम्बन्धित पार्टी पक्षले नचाहेको वा दासढुंङा हत्याकाण्डको पर्दा खुल्दा ठूलै उथलपुथल होला भन्ने भयभित मानसिकता रहेको हो रु आम जनमानसमा त्यो घटना पत्ता पाउँन पाए हुन्थ्यो भन्ने चाँसो अझैं बढेको छ ।
त्यस पार्टीमा बाँकी ईमान्दार र कर्तव्यनिष्ठ नेता देखिएकाहरु पनि बिड्डस २०५२ को ३राष्ट्रघाती महाकाली सन्धि हुँदा काङ्ग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्रीत्वमा ४८ जनाको मन्त्री मण्डल थियो उक्त सन्धि पास गराउन तत्कालीन एमालेको महत्वपूर्ण भूमिका थियो, यदि प्रतिपक्षीले नचाहेको भए पारित हुने थिएन् । उक्त राष्ट्र घाती सन्धि पारित भएपछि एका एक एमालेका नेतृत्वका केही नेताहरु करोडौंका मालिक भए १ पार्टी पनि त्यही निहुँमा फुट्यो, सन्धिको विपक्षमा उभीनेहरु अहिले सम्म पनि मूल नेतृत्वमा पुग्न सकेका छैनन् , आर्थिक स्थिति पनि त्यति सबल भएको देखिदैन १ पछिल्ला पार्टी नेतृत्वको कार्यशैली देखेर त्यस पार्टीबाट कोही आफैँ पाखा लागेर वामबुद्दिजीवीको नामले चिनिन्छन् , कोही अझैं निस्कृय र स्खलित छन् ।
पारिवारिक समस्या र देशी बिदेशी शक्तिको दबाब र आर्थिक प्रलोभनमा पार्टीलाई क्रमशः निजि स्वार्थ, धेरै धनाढ्य बन्ने होडबाजी र कङ्ग्रेसका हुनेखाने नेताहरुसँग प्रतिस्पर्धी हुँदै आफ्नो सम्पत्ति तुलनात्मक हिसावले नवधनाढ्य, उच्च बन्ने चाहना र महङ्गो चुनाव प्रणालीका कारणले पनि पहिलेको कम्युनिष्ट क्रान्तिकारी भावना ब्याबहारिक रुप मै छोड्दै गएका नेताहरु नै आजका सत्ताधारी हुन । तत्कालीन एमाले नेताहरुले सम्सदीय ब्याबस्थाको नकरात्मक पाटोलाई अंगालेर नेतृत्वमा बस्नेहरुले रातारात अरवौं कमाउने धन्दा चलाउने गरेको, निजी स्कूल,कलेज, मेडिकल कलेज , अस्पतालहरुमा लगानी बढाएर दीर्घकालीन राष्ट्र घाती काम गरिरहेको, पार्टी भित्रका राजनीतिक चरित्र भएका दर्जनौ नेताहरुलाई पाखा लगाउँदै गैरराजनीतिक व्यक्तिहरुले भरिएको पार्टी बनाउँदै संसद सदस्यको चुनाव हुदा समेत गैरराजनीतिक ब्यक्तिलाई आर्थिक लाभ लिएर टिकट बिक्रि गरेको, निजी स्वार्थमा आर्थिक लेनदेन गरी सिङ्गो पार्टी बद्नाम हुँदै गएको, सिङ्गो पार्टी अपराधिक मानसिकतामा रुपान्तरण हुँदै गएको थियो ।
उच्च नेतृत्वमा भित्र भित्रै पार्टी भित्र असन्तुलित अबस्था उकुसमुकुसको अबस्था थियो भने तल कार्यकर्ताहरुमा ढाकछोप हुँदै बाहिर जनतालाई भ्रममा राख्न अनेकौ आकर्षित कार्यक्रम दिदै आएको पार्टीको नाम हो एमाले मै पनि एमाले,सहि पनि एमालेू जस्ता आकर्षक गीत गाएर जनतालाई मूर्ख,अबुझ बनाएर उनीहरुको सिधापनको फाइदा उठाउँदै , ठाउँ ब्यक्ति नै पिच्छे भ्रम छर्दै, बनाउँदै झुट सामाग्री वितरण गरेर नागरिकहरुलाई मूर्ख बनाउँने कम्युनिष्ट नाम बेचेर नेतृत्वको मलद्वारलाई हरिद्वार सम्झने कार्यकर्ता साथीहरुले आफ्ना नेता महाकाली सन्धिमा राष्ट्र घात गरी देशद्रोही र भ्रष्टहरु हुनपुगेको यथार्थतालाई बुझेनन्, कतिपयले होहोरीमा लागेर पनि अन्धभक्त बनेर नेतृत्वलाई काँध थापी रहे , जनस्तरमा पनि यो कम्युनिष्ट पार्टी नै हो भन्ने भ्रम रहिरह्यो, जब स्व मदन भण्डारीद्वारा पार्टीको नवौं महाधिवेशनबाट बिधिवत रुपमा जनताको बहुदलीय जनवादू पारित गराएर विश्व मान्यताको कम्युनिष्ट बिचारधारालाई परित्याग गरिसकेको यथार्थता सर्बसाधारण सम्म पुगेन वा ३जबज को यथार्थ भाव नबुझी समर्थन गरी नै वास्तवमा नेपाली कांग्रेस र तत्कालीन एमालेमा नाम मात्र फरक हो दुबै प्रजातान्त्रिक मूल्यमान्यताका पार्टी हुन ।
सकरात्मक दृष्टिकोणबाट नै ३जबज बिचारधारा नेपाली समाजमा उदाउनु राम्रो पक्ष हो तर यस पार्टीका नेतृत्व सत्तामा पुगेपछि सत्ता संचालन गर्दा अलमलमा देखिएस् न त साम्यवादी न त प्रजातान्त्रिक तवर तरिकाले सत्ता संचालन गर्न सकेको देखियो १ अलमल १ नितान्त ब्यक्तिगत स्वार्थ र दलाल कार्यशैलीका कारण काण्डै काण्डले गतिहिन हुँदै अहिलेको नेकपाको सरकार चरम बिबादित भयो, लाखौं जनजीवन कष्टकर हुँदा पनि सरकार जवाफ बिहिन देखियो ।
माओवादी जनयुद्धले बिड्डस २०५२ फाल्गुण १ गते देखि सशष्त्र जनयुद्ध सुरु गरी गाउँ गाउँमा जनसत्ता खडा गरी गरीब, पिछडा वर्ग, जाति, भाषा र क्षेत्रको बिषयलाई प्रमुख मुद्दालाई आधार बनाएर कम्युनिष्ट जनसत्ता ल्याएरै छाड्ने अथवा त्यस बेलाका माओवादी नेताहरुले भन्ने गरेको राज्यसत्ता कब्जा गर्ने आश्वाशन दिएका कारण बिशेष गरी पिछडा वर्गको ठूलो पंतिले माओवादीलाई पछ्याएका थिए, उक्त जनयुद्धका कारण केही हुनेखाने र उच्च वर्गका ब्यक्तिलाई भौतिक तथा मानसिक कारवाहीको डर त्रासका कारण समाजमा अन्योल छाएको थियो भने मध्यम वर्गले खासै माओवादीको गलत क्रियाकलापलाई साथ दिएनन् तटस्थ रहे त्यस कारण पनि समाजमा माओबादीले जनसमर्थन वा लोकप्रियता हाँसिल गर्न सकेनन् तर राजतन्त्रको अन्त्य , गणतन्त्र स्थापना, संघीयता र धर्मनिरपेक्षता को महत्वपूर्ण एजेण्डा माओवादी कै सकरात्मक पाटो थियो ।
सम्सदिय चरित्रमा आएपछि यस माओवादी पार्टी भित्र अनेकौं पक्षधर देखिएस् लोकतान्त्रिक चरित्रका , जनवादी पक्षधरका , परम्परागत कम्युनिष्ट उग्र वामपन्थ र आँफु केन्द्रीकृत रहेर अरुलाई जनवादीता रटाउने ब्यक्तिवादी चरित्र वीच टकराव बढ्दै जाँदा यो पार्टी झनै छिन्न भिन्न हुन पुग्यो । उच्च नेतृत्वहरुको ब्यक्तिगत टकराव र मुख्य नेतृत्वमा बढेको ब्यक्तिवादी सोच, पूर्व एमालेमा जतिकै झाङ्गिदै गयो अन्ततः पार्टीमा अनेकौ स्खलन हुँदै एमाले र माओवादीको मूल नेतृत्व एकै स्वभावशैलीमा भासिएका थिए। माओवादीबाट पनि जनचाहना अनुरुपको कम्युनिष्ट ब्याबहार शैली बनेन , धोका भयो , जनयुद्ध गर्दा जनस्तरमा बाँडेको आश्वाशन पुरा गराउनबाट नेतृत्व चुक्यो, मूल नेतृत्वले सकेनन् , चुनावी परिणाम समेतबाट माओवादी पछि परे, आखिर माओवादी मूल नेतृत्व पनि ३जबज कै नेतृत्वमा बिलय भयो ।
यी र यस्तै थुप्रै कारण पूर्व एमालेका वरिष्ठ नेताहरूको गैर राजनीतिक क्रियाकलापले आजको अबस्था भयो,एउटा पार्टीको गलत हर्कत र भ्रष्ट कार्य शैली, ब्यक्तिवादी दम्भ चरित्र , यो सरकार बने देखिको अरबौं भ्रष्टाचार काण्ड , कोरोना संक्रमणमा समेत नागरिकलाई घर घरमा थुनेर स्वास्थ्य सामग्री किन्ने बहानामा अरवौं अनियमितता, संसद् अपहरण, भित्र्याउन खोज्दा, लगायतका काण्डै काण्डले सत्तामा लाचार यो सरकार धेरै नै बिबादित भएको छ , गैरराजनीतिक ब्यक्तिहरुको प्रभावको असर वा सजायँ सबै नेपाली समाजले भोग्नु परिरहको हो । यस किसिमको अस्तब्यस्त, गैर जिम्मेवारी र अपरिपक्कता , बिषय अनभिज्ञ नेता सत्तामा पुर्याउदा सिङ्गो देश र समाजलाई दुरावस्था हुनेरहेछ भन्ने कुरा अब जनताले पनि बुझ्नु पर्छ , आफ्नो भोटिङ अधिकार प्रयोग गर्दा धेरै सोच विचार पुर्याउनु पर्ने देखिन्छ ।