IME Life
NIMB

पूँजी बजारमा आगामी दिन करिब १० अर्ब रुपैयाँ बराबरको डिबेन्चर आइपीओ आउने : चार बैंक

NIMB
Himalayan Bank

काठमाडौं – पूँजी बजारमा आगामी दिनमा करिब १० अर्ब रुपैयाँ बराबरको डिबेन्चरको आइपीओ आउने भएको छ । बीमा कम्पनी, पुर्वाधार विकास बैंक लगायतका संस्थाहरुले अर्बौं रुपैयाँको प्राथामिक शेयर जारी गर्ने तयारी गरिरहेको बेला चार बाणिज्य बैंकहरुले पनि ९ अर्व ६० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री तथा निष्काशन गर्ने तयारी गरिरहेका हुन् । कम्पनीहरुले ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिको पर्खाईमा रहेका छन् ।

वाणिज्य बैंकले अनिवार्य रूपमा चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था छ । यतिबेला बैकहरूको पुँजी कोष बलियो बनाउने गतिलो माध्यमका रूपमा लिइएको ऋणपत्र निष्कासनलाई तीव्रता दिएका छन् । केही बैकले केन्द्रीय बैकको निर्देशन अनुरूप ऋणपत्र निष्कासन गरिरहेका छन् भने केही निष्कासनको तयारीमा छन् ।

ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका चार वाणिज्य बैंकहरुमा एभरेष्ट बैंक, सानिमा बैंक, एनसीसी बैंक र बैंक अफ काठमाडौं रहेका छन् ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले एक अर्ब रूपैयाँको १० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले ७ वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेन्चर २०८३’ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । ऋणपत्रको ब्याजदर १०।२५ प्रतिशत दिने जनाएको छ ।

बैंकले सर्वसाधारणका लागि ४ लाख इएकाई ऋणपत्र निष्काशन गर्नेछ भने बैंक आफैंले ६ लाख इकाई ऋणपत्र बिक्री गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । बैंकले डिबेन्चर निष्काशनका लागि बोर्डमा गत पुस १४ गते आवेदन दिएको थियो र बैंकलाई बोर्डले फेरि अपुग कागजात माग गर्दै माघ २३ गते कमेन्ट पठाएको जनाएको छ ।

सानिमा बैंक
सानिमा बैंकले चार अर्ब रुपैयाँको ४० लाख एकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १० बर्ष अवधिको लागि सानिमा डिवेन्चर २०८६ जारी गर्न लागेको हो । ऋणपत्रको ब्याजदर १०।२५ प्रतिशत दिने जनाएको छ ।

बैंकले सर्वसाधारणका लागि १६ लाख रूपैयाँको ऋणपत्र निष्काशन गर्नेछ भने बैंक आफैंले २४ लाख इकाई ऋणपत्र बिक्री गर्ने छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल रहेको छ । बैंकले डिबेन्चर निष्काशनका लागि बोर्डमा पुस २७ गते आवेदन दिएको थियो र बैंकलाई बोर्डले फेरी अपुग कागजात माग गर्दै माघ २३ गते कमेन्ट पठाएको जनाएको छ ।

एनसीसी बैंक
एनसीसी बैंकले तीन अर्ब रुपैयाँको ३० लाख एकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १० बर्ष अवधिको लागि एनसीसी डिवेन्चर २०८६ जारी गर्न लागेको हो । ऋणपत्रको ब्याजदर १०।५ प्रतिशत दिने जनाएको छ ।

बैंकले सर्वसाधारणका लागि १२ लाख रूपैयाँको ऋणपत्र निष्काशन गर्नेछ भने बैंक आफैंले १८ लाख इकाई ऋणपत्र बिक्री गर्ने छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

बैंक अफ काठमाडौं
बैंक अफ काठमाडौंले एक अर्ब ६० करोड रुपैयाँको १६ लाख एकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १० बर्ष अवधिको लागि डिवेन्चर २०८६ जारी गर्न लागेको हो । ऋणपत्रको ब्याजदर १०।५ प्रतिशत दिने जनाएको छ ।

बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार इकाई ऋणपत्र निष्काशन गर्नेछ भने बैंक आफैंले ९ लाख ६० हजार इकाई ऋणपत्र बिक्री गर्ने छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

के हो ऋणपत्र रु
कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । अझै प्रस्ट रूपमा भन्नुपर्दा कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो ।

तोकिएको दर र समयमा सावाँ र ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरेको धितोपत्रलाई डिबेन्चर भनिन्छ । यसको अंकित मूल्य हुन्छ । लगानीकर्ताले सर्तअनुुसार तोकिएको दरमा प्रतिफल प्राप्त गर्दछ । बार्षिक प्रतिफल पाइने डिवेन्चरको कारोबार पुँजि बजारमा हुन्छ । यसको घटबढ भने एकदमै न्यून मात्रामा हुन्छ ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...