CG Electronics
IME Life
Ncell NPL

सगुन नामक कम्पनिले नेपालमा गैरकानुनी धन्दा चलाउँदै

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – सगुन नामक कम्पनिले नेपालमा गैरकानुनी धन्दा चलाउँदै आएको पाइएको छ । सगुनले सरकारी निकायहरुको स्वीकृती वेगरै नै नेपालमा धितोपत्रको निष्काशन गर्दै आएको पाइएपछि नियामक निकाय धितोपत्र वोर्डले एक्सन लिएको छ ।
गैरआवाशिय नेपाली गोविन्द गिरी संस्थापक रहेको सगुनले पटक पटक शेयर निष्काशनको नाममा गैरआवाशिय नेपालीहरुलाई ठगी गर्दै आएको पाइएपछि सो उपर धितोपत्र वोर्डले एक्सन लिएको हो । सगुनले नेपालका केही अनलाइन र पत्रपत्रिकाहरुको विज्ञापन गरी सर्वसाधरण नेपालीहरुलाई समेत उल्लु बनाएर ठगी गरिरहेको रहष्य सार्वजानिक भएको छ ।


केही समयदेखि विभिन्न सञ्चार माध्यममा सगुन इन्ककर्पोरेशनले नेपाली लगानीकर्तालाई लक्षित गर्दै धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको थियो । सो प्रति समेत नेपाल धितोपत्र वोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले केही समययता विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेसनजस्ता कम्पनीले नेपाली नागरिकलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको समाचार र विज्ञापनहरुप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले उक्त कम्पनीलाई बोर्डले आईपीओ निष्कासनको अनुमति नदिएको स्पष्ट पारेको छ।

वोर्डले एक सूचना जारी गर्दै भनेको छ,‘बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने कार्य गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनैपनि कम्पनिले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्नुहुन सर्वसाधरण लगानीकर्ताहरुलाई अनुरोध गरिन्छ,’ धितोपत्र बोर्डले भनेको छ,‘प्रचलित कानुन बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्काशनमा लगानीकर्तालाई लक्षीत गरी कुनैपनि व्यक्ति वा संस्थाले संचारका माध्यम मार्फत त्यस्तो सुचना तथा विज्ञापन प्रकाशन तथा संप्रेषण नगर्न÷नगराउन समेत यो सुचना प्रकाशन गरिएको छ ।’

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ ९१० मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गनुअघि बोर्डमा दर्ता गराउने पर्ने र दफा २९ ९१०मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितापत्र विक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको विक्री विरतणको निमित्त र्साजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था छ ।

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...