nic bank
himalayan everesat
Nmb bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७७र०७८ का लागि विनियोजित बजेट सार्वजनिक

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं –  नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७७र०७८ का लागि विनियोजित बजेट सार्वजनिक गरेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षका लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा क्यानको बजेट पाँच अर्ब ८५ करोड रुपैयाँले कम विनियोजन भएको छ। गत आर्थिक वर्ष २०७६र०७७ मा क्यानले ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।

यस वर्ष कोभिड–१९ का कारण विमानस्थलहरु बन्द रहदा आम्दानी घट्ने भएकाले बजेटको आकार कम गरिएको प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सँग प्राधिकरणको संस्थागत सुधार, सञ्चार उपकरण, सुरक्षा उपकरण र मौसमी उपकरण जडान गर्ने विषयले यस वर्षको बजेटमा प्राथमिकता पाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको प्राधिकरणले जनाएको छ।

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१७

  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई...

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:२१

    इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय...

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३२

  कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...