IME Life
NIMB

आइएमई जनरल इन्स्योरेन्सको गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा १ अर्ब ३६ करोड बीमा शुल्क आर्जन गर्न सफल

NIMB
Himalayan Bank

काठमाडौं – आइएमई जनरल इस्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा आर्जन रकम ८ दशमलव ८५ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीको आकार बढेको छ । कम्पनीले ३ हजार ५ सय १२ वटा बीमा दाबी भुक्तानी गरेको छ भने २ हजार ९ सय ६४ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीले ७४ करोड २६ लाख रुपैयाँ बीमा कुल बीमा दाबी वापत भुक्तानी गरिसकेको छ भने ४४ करोड ७० लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिन बाँकि रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १४ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ दशमलव ४४ प्रतिशतले बढेको छ ।

१ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा २० करोड ९६ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ३५ करोड ६२ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ३० पैसा रहेको छ ।

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...