IME Life
NIMB

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कहरमा अर्थतन्त्र जोगाउँ

NIMB
Himalayan Bank

काठमाडौं –  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना ९कोभिड–१९०ले गर्दा यतिवैला विश्वमा आर्थिक मन्दी छाएकौ छ भने करोडौंको रोजगारी गुमेको छ । लाखौं उद्योग कलकारखानाहरु बन्द भएका छन् । यसको प्रत्येक्ष प्रभाव नेपालमा पनि गम्भिर रुपमा परेको छ । देश विगत चार महिनासम्म लकडाउनमा परि भर्खरै खुलेको मात्र के थियो, कोरोना महामारी झन्झन् बढ्न थाल्यो । सरकारले यातायातमा जोर बिजोर प्रणाली लागू गरेको छ भने अन्तर जिल्ला सवारी आवागमन बन्द गरेको छ । साना तथा मझौला उद्योगहरु तथा बैंक वित्तिय संस्थाहरु आधा कर्मचारी राखेर भएपनि खोल्न दिएको छ ।

शिक्षण संस्थाहरु अहिलेसम्म खुल्न सकेका छैनन् । सरकारले यस महामारीको अवस्थामा देशलाई आर्थिक संकटबाट मुक्त गर्न कुनै ठौस योजना ल्याउन सकेको छैन । हुन त रोग भन्दा भोक ठूलो हो भन्ने मान्यता छ । अहिले लामो समयसम्म बन्दाबन्दीमा रहँदा आम नेपालीको आर्थिक अवस्था नाजुक बनेको छ । फेरी लकडाउन वा सर्टडाउन गर्दा झन् अफ्ठ्यारो हुने देखिन्छ । तर महामारीमा यसको विकल्प पनि छैन । सरकारले यो संकटको परिस्थितिमा आम जनतालाई राहतको प्याकेज तत्काल ल्याउनु पर्दछ । उद्योग कलकारखानाहरुलाई सामाजिक दूरी कायम गरी संचालन गर्ने बातावरण बनाउनुपर्छ ।

स्कुल, कलेज तथा विश्वविद्यालयहरुको शैक्षिक सत्र जान नदिन विद्युतिय माध्यमबाट अध्ययन अध्यापन गराई विद्युतिय माध्यमबाट नै परिक्षा संचालन गरिनुपर्दछ । सरकारले उद्योग, कारखाना, व्यापार व्यवसायलाई सहुलियत वा विना ब्याज ऋण व्यवस्था गर्न सक्नुपर्दछ किनकी बैंक तथा वित्तिय संस्थाहरुमा तरलता थुप्रिएर बसेकै छ, यतिखेर लगानी गर्ने ठाउँ छैन । रोजगार गुमाएकाहरुलाई अनुदानमा ऋण प्रवाह गरी कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गनुपर्दछ ।

कोरोनालाई चुनौति भन्दा पनि अवसरमा बदल्न सक्नुपर्दछ । आज विश्वमा प्राय सबै क्षेत्र खुलिसकेका छन् तर कोरोना रोकिएको छैन किनकी त्यसबाट अर्थतन्त्र चलायमान हुन्छ र आर्थिक संकट पर्दैन । तर हाम्रो देशमा कोरोना संक्रमित बढ्दैछ भनेर फेरी अर्धलकडाउन मौडालिटीको व्यवस्था गरिएको छ । यसबाट हामी अर्थतन्त्रमा नराम्ररी चुक्छौ र देश विकासोन्मुख बाट अल्पविकसित राष्ट्रमा दरिन पुग्छौं । एउटा निश्चित सिमा कायम गरी कोरोना संक्रमणबाट जोगिन सम्पूर्ण उपायहरु अपनाइ देशलाई लकडाउन होइन पूर्ण रुपमा खुल्ला अर्थिक व्यवस्थापनको अवस्था सिर्जना गरौं ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...