nic bank
himalayan everesat
Nmb bank

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो वर्षमा प्रवेश

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – आईएमई लाईफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको अवसरमा कम्पनीले औपचारिक कार्यक्रम नगरे पनि आन्तरिक रुपमा केक काट्ने लगायतका विविध कार्यक्रम गरेर मनाउने जनाएको छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा बीमा जनचेतना जगाउँदै बीमा व्यवसायलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीका निमित्त प्रमुख दिनेश अमात्यले बार्षिकोत्सवको अवसरमा भने, ‘हामी बीमा जनचेतनाको माध्यमबाट बीमा व्यवसायलाई अझै समृद्धि बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

२०७४ साल भाद्र १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनीले तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । कूल एक अर्ब ४० करोड चुक्ता पुँजि रहेको कम्पनीको जारी पुँजि दुई अर्ब छ । कम्पनीले छिट्टै आईपिओ निष्काशन गरी चुक्ता पुँजि दुई अर्ब पुर्याउने लक्ष्यमा अघि बढिरहेको जनाएको छ ।

कम्पनीले नयाँ सिईओ नियुक्त गर्ने प्रक्रिया समेत अघि बढाउने क्रममा रहेको छ । हाल कम्पनीको सहायक महाप्रबन्धक दिनेश अमात्यले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

आईएमई ग्रुपद्वारा प्रबद्र्धित कम्पनीले सञ्चालनको छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार आईएमई लाईफको बीमा कोषमा एक अर्ब ४६ करोड संचित गरिसकेको छ । कम्पनीले गत आवमा ५४ प्रतिशत बजार विस्तार गर्न सफल भएको छ । २०६५ सालमा दर्ता भएको कम्पनीले नौ वर्षपछि बीमा समितिका औपचारिक रुपमा अनुमति पाएपछि बीमा कारोबार सुरु गरेको थियो ।

आईएमई लाईफ चौथो वर्ष प्रवशे गरेको अवसरमा शुभकामना सन्देश दिदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा।रामहरि अर्यालले विषम परिस्थितिको वावजुद् पनि आफ्ना ग्राहक तथा अभिकर्ताहरुलाई उच्च प्राथमिकतामा राखी नियमित रुपमा सुबिधा उपलब्ध गराउदै आएको र डिजिटल माध्यमबाट नँया बीमालेख तथा नबिकरण बीमाशुल्क लिन सक्ने ब्यवस्था गरिदै आएको बताए ।

चौथो बार्षिकोत्सवको अवसरमा अवसरमा कार्यवाहक कम्पनी प्रमुख दिनेश अमात्यले हालसम्म १०३ शाखा संजालमार्फत बीमा सेवा पुर्याउदै हालसम्म कुल बीमा शुल्क २ अर्व ८५ करोड संकलन गर्न सफल भएको बताउँदै आगामी दिनमा समेत कम्पनीले दुर दराजमा समेत बीमा पहुँच पुर्याउने र उत्कृष्ट बीमा सेवा उपलब्ध गराउने प्रतिवद्घता जनाएका छन् ।

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४६

  सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा...

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४३

  एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी)...

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:२७

  ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा...

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:५१

  मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हात...