CG Electronics
IME Life
Ncell NPL

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो वर्षमा प्रवेश

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – आईएमई लाईफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको अवसरमा कम्पनीले औपचारिक कार्यक्रम नगरे पनि आन्तरिक रुपमा केक काट्ने लगायतका विविध कार्यक्रम गरेर मनाउने जनाएको छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा बीमा जनचेतना जगाउँदै बीमा व्यवसायलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीका निमित्त प्रमुख दिनेश अमात्यले बार्षिकोत्सवको अवसरमा भने, ‘हामी बीमा जनचेतनाको माध्यमबाट बीमा व्यवसायलाई अझै समृद्धि बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

२०७४ साल भाद्र १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनीले तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । कूल एक अर्ब ४० करोड चुक्ता पुँजि रहेको कम्पनीको जारी पुँजि दुई अर्ब छ । कम्पनीले छिट्टै आईपिओ निष्काशन गरी चुक्ता पुँजि दुई अर्ब पुर्याउने लक्ष्यमा अघि बढिरहेको जनाएको छ ।

कम्पनीले नयाँ सिईओ नियुक्त गर्ने प्रक्रिया समेत अघि बढाउने क्रममा रहेको छ । हाल कम्पनीको सहायक महाप्रबन्धक दिनेश अमात्यले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

आईएमई ग्रुपद्वारा प्रबद्र्धित कम्पनीले सञ्चालनको छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार आईएमई लाईफको बीमा कोषमा एक अर्ब ४६ करोड संचित गरिसकेको छ । कम्पनीले गत आवमा ५४ प्रतिशत बजार विस्तार गर्न सफल भएको छ । २०६५ सालमा दर्ता भएको कम्पनीले नौ वर्षपछि बीमा समितिका औपचारिक रुपमा अनुमति पाएपछि बीमा कारोबार सुरु गरेको थियो ।

आईएमई लाईफ चौथो वर्ष प्रवशे गरेको अवसरमा शुभकामना सन्देश दिदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा।रामहरि अर्यालले विषम परिस्थितिको वावजुद् पनि आफ्ना ग्राहक तथा अभिकर्ताहरुलाई उच्च प्राथमिकतामा राखी नियमित रुपमा सुबिधा उपलब्ध गराउदै आएको र डिजिटल माध्यमबाट नँया बीमालेख तथा नबिकरण बीमाशुल्क लिन सक्ने ब्यवस्था गरिदै आएको बताए ।

चौथो बार्षिकोत्सवको अवसरमा अवसरमा कार्यवाहक कम्पनी प्रमुख दिनेश अमात्यले हालसम्म १०३ शाखा संजालमार्फत बीमा सेवा पुर्याउदै हालसम्म कुल बीमा शुल्क २ अर्व ८५ करोड संकलन गर्न सफल भएको बताउँदै आगामी दिनमा समेत कम्पनीले दुर दराजमा समेत बीमा पहुँच पुर्याउने र उत्कृष्ट बीमा सेवा उपलब्ध गराउने प्रतिवद्घता जनाएका छन् ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...