नेपाल बैंकर्स संघले साधारण कामका लागि पनि बैंक नआउन सर्वसधारणलाई आग्रह
Monday Aug 17, 2020
वि.सं.२०७७ भदौ १ सोमवार २२:४९

काठमाडौं – नेपाल बैंकर्स संघले साधारण कामका लागि पनि बैंक नआउन सर्वसधारणलाई आग्रह गरेको छ । सोमबार संघले सार्वजनिक अपिल गर्दै यस्तो आग्रह गरेको हो ।
संघले डिटिजल माध्यम अपनाउन समेत अनुरोध गरेको हो ।
बैंकिङ कारोबार गर्नका लागि डिजिटल बैंकिङ्गको माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ ।
यस्तै, डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमासम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गर्न अनुरोध गरेको छ ।




























