उपत्यकामा भोलिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा
Tuesday Aug 18, 2020
वि.सं.२०७७ भदौ २ मंगलवार २०:२७

काठमाडौं – कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले यस्तो निर्णय भएको बताए ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा बाहेक अरु सेवाहरु बन्द हुने छन् । सर्वसाधारणको आवत–जावतलाई पनि निषेध गरिने छ । मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।




























